FLASH NEWS
  • Loading...

नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस, सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६३ पटक पढिएको
नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस, सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ।
मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका हुन्।
सबै जना नेपालगन्ज-८ का निवासी भएको र उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।
नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।
हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो। नेपालमा सोमबारसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ।  नेपालमा हालसम्म कुल संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल