FLASH NEWS
- Loading...
पानी केही दिन पर्ने, केही ठाउँमा बाढीको सम्भावना

- पुनहिल डट कम
- ५ साल अघि
- २७८ पटक पढिएको
आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै स्थानमा र गण्डकी, बागमती, प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना छ।
स्थानीय वायु सक्रिय भएको र बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कारण अझै केही दिन वर्षात् हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
नेपाल बाढी सूचनाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै स्थानमा र गण्डकी, बागमती, प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केही स-साना नदीमा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत गराइएको छ।
मौसम पूर्वानुमान महाशाखाले २४ घण्टाको मौसमको अनुमान गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।
हाल देशको पूर्वी भू-भागमा पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा सामान्य वदली रहेको छ।देशका मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना!
बैशाख २२,८ बजे हाल पश्चिम राप्ती,बबई र यसका सहायक नदी जलाधारमा मध्यम बर्षा भईरहेकोले नदीमा जलसतह १ मिटर भन्दा धेरै बढ्न सक्ने,प्रदेश ५ को तराई र चुरे भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने,नदी तटिय क्षेत्रमा गर्नु पर्ने कार्यहरू उच्च सतर्कता साथ गरौ
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































