FLASH NEWS
  • Loading...

म्याग्दीमा अलपत्र पर्दै क्वारिन्टीन र आईसोलेसन केन्द्र

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७७ पटक पढिएको
म्याग्दीमा अलपत्र पर्दै क्वारिन्टीन र आईसोलेसन केन्द्र

विश्वब्यापी फैलिएको कोरना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न लागु गरिएको लकडाउनको समयावधी बढ्दै गएपछि झाईरस संक्रमण जोखिममा रहेका ब्यत्ति राखिएको क्वारिन्टीन र आईसोलेसन स्थलमा सरोकारवालाको चासो पर्न छोडेको छ ।

सदरमुकाम बेनी स्थित क्वारिन्टीनमा रहेका ब्यक्तिले पछिल्ला दिन पेटभरी खान नपाईने मात्र होईन, नुवाईधुवाई गर्न सावुन, पानीको समेत समस्या भएको गुनासो गरेका छन । लकडाउनको समय लम्बिदै गएपछि अनावश्यक डुलघुम गर्ने र लकडाउन उल्लङ्गन गर्नेको सदरमुकाममा भीड लाग्न थालेको छ । खर्च गर्ने निकाय विच खर्च गर्ने अधिकारमा समवन्यय नहुँदा क्वारिन्टाईन् र आईसोलेसन अलपत्र अवस्थामा पुगेका हुन ।

‘क्वारिन्टीनमा बस्दा कम्तीमा नुहाउन सावुन र प्रयाप्त पानीको ब्यवस्था त गरिदिनु पर्यो । खाना त दिईन्छ तर पेटभरी पाईदैन’ बेनी क्वारिन्टीनमा बसेका उदय श्रेष्ठले भने, ‘हामीले क्वारिन्टीनका असुविधा सार्वजनिक गरेको भन्दै रेखदेखमा खटिएका कर्मचारीले धम्क्याए ।’

जिल्लाभर निर्माण गरिएको क्वारिन्टीनमा क्षमता भन्दाबढी मान्छे राखिएकोले ब्यवस्थापन अस्तब्यस्त बनेको छ । लकडाउनले सहरमा चुल्हो वाल्न मुस्किल भएपछि गाडीबाट धमाधम पुख्यौली थलो फर्कने क्रम नरोकिएपछि क्वारिन्टीन ब्यवस्थापनमा समस्या भएको हो ।

‘क्वारिन्टीनमा बस्नु भएको श्वस्थ्य, सरसफाई समेतका ब्यवस्थापकीय गुनासाको सम्बोधन गरेका छौं । जोखिम क्षेत्रबाट जिल्ला भिक्रने त्रम नरोकिएकोले क्वारिन्टीन ब्यवस्थापनमा समस्या भएको हो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘बेनीको क्वारिन्टीनमा अस्पतालको क्यान्टीनमा विरामी लक्षित खाना हुनेहुँदा स्वाभाविक रुपमा होटल वा घरको जस्तो स्वाद नहुन सक्छ । यस अघि क्वारिन्टीनमा रहेका सवैले यही गुणस्तरको खाना खानु भएको हो ।’

कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टका अनुसार सदरमुकामको बेनी अस्पताल समेत सवै ६ वटा स्थानीय तहमा गरी कुल १ सय ९८ जना क्यारिन्टीनमा रहेका छन । गाउँपालिकाको क्वारिन्टीनमा बसेकालाई नुनतेल, दालचामल गाउँपालिकाले उपलब्ध गराउँछ, बाँकी तरकारी, खाजा र ब्यक्तिगत सरसफाईका सामाग्री आफैले ब्यवस्था गर्दै आएका छन ।

त्यसैविच कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टले सदरमुकाममा स्थापना गर्ने भनेको २० बेड क्षमताको आईसोलेसन स्थल निर्माण पनि अलपत्र परेको छ । लकडाउन सुरु हुने वित्तिकै बेनी अस्पतालमा तयार पारिएको आईसोलेसन स्थलमा विरामीले प्रयोग गरेका पुराना ६ वेड राखिएको भएपनि आईसियु र भेन्टीलेटर समेतका पूर्वाधार छैन । सिडिओ अध्यक्ष रहेको कमाण्ड पोष्ट, आर्थिक लगानी अपेक्षा गरिएका बेनी नगरपालिका समेत स्थानीय निकाय र बेनी अस्पताल विच मत नमिल्दा २० बेडको भेन्टीलेटर समेतका पूर्वाधारयुक्त आईसोलेसन स्थल निर्माण अलपत्र परेको हो ।

‘दिन गए आग्राख पलाउँछ भन्ने नेपाली उखान यो आईसोलेसन निर्माणमा ठ्याक्क मिल्छ’ बेनी अस्पताल विकास संञ्चालक समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘सतह मुनी खर्च गर्ने र जस कस्ले लिने विषयले आईसोलेसन निर्माण र सामाग्री खरिद रोकिएको छ । हामीले भेन्टीलेटर समेत आवश्यक स्वास्थ्य सामाग्री खरिदकालागी कोटेसन तयार पारेका छौं, खर्च गर्ने निकायले किन्नु पर्यो ।’

कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका कतिपय पदाधिकारीले कोरना भाईरस रोकथाम तथा नियन्त्रण गर्न बेनी नगरपालिकाबाट अपेक्षित सहयोग नमिलेको अभिब्यक्ति प्रति बेनी नगरपालिकाले चित्त दुखाएको छ । नगरपालिकाले कोभिड–१९ आकस्मीक स्वास्थ्य उपचार कोषमा १ करोड विनियोजन गरी खर्च गर्न कार्यविधी बनाएको छ ।

‘क्वान्टीन, आइसोलेसन निर्माण कहाँ आवश्यक पर्छ नगरपालिकाले खर्च गर्छ । तर विना वील, भरपाई खर्च गर्ने गरी रकम दिन सकिन्न । हामीले भोली हरेक हिसावको लेखापरिक्षण गर्नु पर्छ’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘आकस्मिक कोषको रकम कोरनाको नाममा जथाभावी खर्च हुने छैन । पारदर्शी र खर्च ब्यवस्थापन गर्न कोष खर्च कार्यविधी पनि बनाएका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल