- Loading...
विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित
- पुनहिल डट कम
- ५ साल अघि
- १८२ पटक पढिएको

विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको छ। विश्वभरि २८ लाखभन्दा बढी व्यक्तिहरू सङ्क्रमण पुष्टि भएका तथ्याङ्कमा छ।
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो।
अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ। कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो। त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्।
पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।
संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्। ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ। bbc/nepali

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
