FLASH NEWS
  • Loading...

वामदेवको स्पष्टीकरण : प्रधानमन्त्रीसँग पार्टीलाई ‘बाइपास’ नगर्नु भनेको हुँ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८७ पटक पढिएको
Post Thumbnail


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार भएको भनिएको विवादबारे मुख खोलेका छन्।
उनले आइतवार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र आफूबीच बालुवाटारमा भएको भनिएको विवादबारे स्पष्टीकरण दिएका हुन्। उनले हस्तलिखित उक्त प्रेस नोटमा आफू र प्रधानमन्त्रीबीच भएको कुराकानीलाई मनमौजी ढंगले समाचार बनाएर टिकाटिप्पणी गरिएको गुनासो पनि गरेका छन्।
‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उनले भनेका छन्, ‘पार्टीभित्र, पार्टी र सरकारबीच, अनि अन्य पार्टी र सरकारबीच उत्पन्‍न समस्या समाधान कसरी गर्ने भन्‍ने सम्बन्धमा छलफल भएको थियो।’ गौतमले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेश खारेज भएपछि पार्टीमा अनेकौँ समस्या आएका बताएका छन्।
‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्‍न भएका छन्’, उनले भनेका छन्, ‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई ‘बाइपास’ गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ भनेको हुँ।’ गौतमले अहिले देखिएका समस्या समाधानका लागि तत्काल पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बोलाउन पनि माग गरेका छन्।
‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् भनेको हुँ’, उनले भनेका छन्, ‘सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्‍नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ’, उनले अगाडि भनेका छन्।  उपाध्यक्ष गौतमले आफूले राखेका कुरा प्रधानमन्त्रीले धैर्यताका साथ सुनेको पनि बताएका छन्। ‘उहाँ (ओली) ले धैर्यतापूर्वक मेरो सल्लाह सुन्‍नुभयो, थोरै बोल्नुभयो’, उनले प्रेस नोटमा उल्लेख गरेका छन्, ‘म बिदा भएर आएँ। भएको यति हो।’  थाहाखवरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल