FLASH NEWS
  • Loading...

सहरले मान्छे पठाएपछि स्थानीय तह रुष्ट

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१६ पटक पढिएको
सहरले मान्छे पठाएपछि स्थानीय तह रुष्ट

लक डाउनको एक महिना पुग्दा नपुग्दै संघिय राजधानी काठमाण्डौ, प्रदेशको पोखरा लगाएत सहरबाट धमाधम मान्छे गाडीमा राख्दै गाउँ पठाउन थालेपछि स्थानीय तह रुष्ट बनेका छन ।
वुधवार र विहिवार सयौं जना सहरबाट गाउँ भित्रिएपछि स्थानीय तहलाई ब्यवस्थापनमा चुनौति थपिएको छ । विदेशबाट फर्केकासँग संगत गरेकासमेतलाई स्किनिङ गरी क्वारिन्टीनमा राख्ने र आवश्यक ठानिएकाको र्‍यापिड टेष्ट समेतगरी गाउँलाई कोरना मुक्त गरी वसेका स्थानीय तह सहरबाट लर्को लागेर नयाँ मान्छे गाउँ भित्रिएपछि ब्यवस्थापन चुनौति थपिएको स्थानीय तहले जनाएका छन ।
‘गाउँवस्ती लकगरी ढुक्कले खेतिपातीमा लाग्ने योजनामा थियौं । स्थानीय तहसँग समवन्यय नै नगरी रातारात मान्छेलाई वसमा ल्याउँदै छोड्दै गरिएको छ । नेताहरुले नै थिती विगारे । कम्तीमा समवन्यय गर्दा स्क्रीनिङ गर्न सहज हुन्थ्यो नि’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘विदेशबाट आएका क्वारिन्टीन वसेर घर अव सहरबाट फर्कने आमावावुलाई पनि अनिवार्य क्वारिन्टीनमा राखौं ।’


काठमाण्डौ, पोखरा, वुटवल समेतबाट रातारात बसमा मान्छे लिएर सदरमुकाम सिमानामा छोडेपछि कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न एक महिने लकडाउनको समयावधीमा एउटा लयमा काम हुन थालेको थियो । एक्कासी धमाधम सहरबाट मान्छेको आईरो लागेपछि ब्यवस्थापनमा समस्या आएको जिल्ला कोभिड–१९ कन्ट्रोल कमाण्ड पोष्टले जनाएको छ ।
‘काठमाण्डौ, पोखराबाट राती राती गाडीले मान्छे ल्याउँदै सीमा क्षेत्रमा छोड्ने गरेका छन । पछिल्ला दुई दिनमा काठमाण्डौबाट मात्र दुई बस मान्छे भित्रिए । साना गाडीमा आउने धेरै छन । सयबढी नयाँ मान्छे जिल्ला भित्रिएको अनुमान गरेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘जिल्ला भित्रिन अनुमति माग्नेको संख्या पनि उत्तिकै छ । हिलो/आज आएकालाई सम्बन्धीत गाउँपालिका भित्रको क्वारिन्टीनमा राखिएको छ । अव आउने सवैलाई भने बेनीकै क्वारिन्टीनमा राख्ने तयारीमा छौं ।’
राजधानी लगाएत सहरबाट वस चढेर मान्छे गाउँ फर्केको देखेपछि जिल्लाका विभिन्न आयोजनामा कार्यरत मजदुरहरु पनि घर फर्कन थालेका छन । जिल्ला प्रशासनको अभिखेल अनुसार म्याग्दीबाट वुधवार र विहिवार विहानसम्म रोल्पामा ३० जना, जाजरकोट १ सय ४ जना, पाल्पाका ११ जना, कैलालीका ५० जना, दाङका ३२ जना, पूर्वी रुकुमका १० जना, काठमाण्डौ ५ जना, जुम्ला १४ जना र सुर्खेत ४४ जना समेत तीन सय मजदुर देशका विभिन्न जिल्ला फर्केका छन । थप तीन सय बढीले घर फर्कने अनुमति बनाउने तर्खरमा छन ।
‘लकडाउन छ, गाडी चलेको छैन मजदुरहरु बसेका थिए । पूर्वाधार निर्माणका काम सूचारु थिए । तर काठमाण्डौबाट भीड लागेर मान्छे जिल्ला फर्केको देखेपछि यहाँका मजदुरहरु पनि धमाधम काम छोडेर घर फर्कन हतारिए’ सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘दुई दिनमा ७ सय बढी मजदुरहरुले जिल्ला छोड्ने अनुमति दिएका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल