FLASH NEWS
  • Loading...

उद्योगलाई तीन समूहमा राखेर सञ्‍चालनकाे तयारी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१७ पटक पढिएको
उद्योगलाई तीन समूहमा राखेर सञ्‍चालनकाे तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनमा बन्द भएका उद्योग सञ्‍चालनको विकल्प खोज्‍न अध्ययन समिति गठन गरेको छ।

उद्याेग मन्त्रालयकाे औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखाका प्रमुख पुष्कर शाहीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

उक्त समितिमा अर्थ, कृषि, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चम्बर अफ कमर्श र घरेलु तथा साना उद्योग महासंघका एक-एक जना प्रतिनिधि पनि उक्त अध्ययन समितिमा सदस्य रहनेछन्। उक्त अध्ययन समितिले लकडाउनबाट उद्योगरव्यवसायमा परेको असरबारे अध्ययन गरेर औद्योगिकरव्यवसायिक क्षेत्र सञ्चालनको लागी आवश्यक सुझाव तयार पार्नेछ।

समितिलाई उद्योगलाई तीन वर्गमा वर्गिकरण गरेर सञ्चालनको व्यवस्था मिलाउने गरी अध्ययन गर्न जिम्मेवारी तोकिएको छ।

अत्यावश्यक क्षेत्रका उद्योगलाई पहिलो समूहमा राखेर सञ्चालनको वातावरण बनाउने गरी अध्ययन समितिलाई कार्यदेश तोकेको छ। दैनिक उपभोग्यका लागि आवश्यक पर्ने खाद्यान्न र औषधी लगायतका उद्योग अत्यावश्यक उद्योगको सूचीमा पर्छन।

त्यसैगरी, निर्माण सम्बन्धी उद्योगलाई दोस्रो र निर्यातमुलक उद्योगलाई तेस्रो समूहमा राखेर सञ्चालनको वातावरण तयारीका लागि अध्ययन गर्न भनिएको छ।

सिमेन्ट उत्पादक उद्योग, पाइप तथा फलाम र स्टिलका डण्डी लगायत निर्माण क्षेत्रमा प्रयोग गरिने वस्तु उत्पादन गर्ने उद्योग दोस्रो समूहमा पर्छन।

समितिलाई १५ दिन भित्र सुझावसहितको प्रतिवेदन बुझाउन समयअवधि तोकिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किने यूवाहरुलाई रोजगारी दिने सम्बन्धमा पनि अध्ययन गर्न उक्त समितिलाई जिम्मेवारी तोकिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल