- Loading...
डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न ट्रम्पको निर्देशन
- पुनहिल डट कम
- ५ साल अघि
- २२९ पटक पढिएको

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलनबाट रोक्न डब्लुएचओले आधारभूत कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाउँदै दिँदै आएको सहयोग रोक्न निर्देशन दिनु भएको हो ।
चीनबाट जति बेला कोरोना भाइरस फैलन सुरु भएको थियो त्यसैबेलादेखि संयुक्त राष्ट्रको यो संगठन त्यसलाई व्यवस्थापन गर्न असफल भएको र वास्तविक तस्बिरलाई लुकाउँदै आएको ट्रम्पले आरोप लगाउनु भएको छ ।
उहाँले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताउनु भएको छ । डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ।
‘मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु । विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र नराम्रो व्यवस्थापनको समीक्षा गरिनेछ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो । ‘डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएको छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ’, उहाँले थप्नु भयो ।
अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो । गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो । यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो ।
हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश बनेको छ । त्यहाँ हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख मानिस संक्रमित भइसकेका छन्। एजेन्सी ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
