- Loading...
मोनाद्धारा आपतकालिन राहत कोष स्थापना
- पुनहिल डट कम
- ५ साल अघि
- ३१७ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले आपतकालिन राहत कोष स्थापना गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावमा रहेका म्याग्देलीलाई समस्या परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरेको हो ।
मोनाका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा मंगलबार बसेको पाँचौ बैठकले स्थापना गरेको कोषमा कार्यसमितिका पदाधीकारी र सदस्यहरुबाट दश लाख रुपैयाँ संकलन भएको मोनाले जनाएको छ ।
कोरोनाका कारण समस्यामा परेका प्रवासमा रहेका म्याग्देलीको उपचार, राहत र जिल्लामा आवश्यक पर्ने काममा कोषको रकम परिचालन गरिनेछ । मोना आइसीका कोषाध्यक्ष मुक्ति रोका संयोजक, पूर्णीमा पाईजा (आशा) र किसान जिसी सदस्य रहेको समिति गठन भएको छ ।
कोरोनाबाट अस्टे«लीयामा एक जना म्याग्देली संक्रमित भएकोमा उपचारपछि निको भएको बैठकमा जानकारी गराइएको थियो । मोनाले कोषमा सहयोग गर्न र कोरोनाबाट बच्नका लागि सतर्कता अपनाउन प्रवासी तथा जिल्लाबासीहरुलाई अपिल गरेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
