FLASH NEWS
  • Loading...

लकडाउनमा अत्यावश्यक खाद्यन्न भन्दै मदिरा ओसार–पसार गर्ने पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९८ पटक पढिएको
लकडाउनमा अत्यावश्यक खाद्यन्न भन्दै मदिरा ओसार–पसार गर्ने पक्राउ

अत्यावश्यक खाद्य सामाग्री ओसार–पसार गर्ने भन्दै मदिरा ओसार पसार गर्ने बेनी नगरपालिका, ८ कालीपुलका सुनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ (मदिरा) लिएर सदरमुकाम बेनीबाट रघुगंगाँ गाउँपालिका, २ भगवती तर्फ जान लागेको ग २ च ८८६९ नम्बरको जीप चालक साह र सहचालक असल परियारलाई प्रहरीले पक्राउ गरेको हो । साहको बेनी नगरपालिका, ८ कालीपुलमा खाद्यान्न तथा मदिराको पसल रहेको छ ।
पक्राउ परेका साहलाई प्रहरीले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम सरकारले जारी आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा २ को उपदफा १ बमोजिम कारवाहीकालागी जिल्ला प्रशासनमा पेश गरेको छ ।
विश्भर महामारीको रुपमा फैलिएको कोरनाभाईसर संक्रमण रोक्न सरकारकाले लकडाउन गरी अत्यावश्यक वस्तु तथा सेवा मात्र संञ्चालन गर्ने आदेश विपरित अत्यावश्यक खाद्य समाग्री ढुवानीको आवरणमा मदिराको ओसार पसार भैरहेको खुलेको हो ।
‘सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले जारी गरेको निशेधज्ञाको आदेश विपरित अत्यावश्यक खाद्यान्न भन्दै मदिराजन्य पदार्थको ओसार–पसार हुने गरेको भेटिएको हो । कालोवजारी भएको सूचनाको आधारमा मालवाहक जीप खानतलासी र वील चेकजाँच गर्दा मदिरा बोकेको फेला परेको हो’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘वरामद गरिएको मदिरा र ढुवानीकर्तालाई पक्राउ गरी कारवार्हीकालागी प्रशासन कार्यालयमा पेश गरेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल