FLASH NEWS
  • Loading...

लकडाउन झन् कडा, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१८ पटक पढिएको
लकडाउन झन् कडा, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने

सरकारले विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र बसेपछि पनि भागेर जानेलाई कैद सजाय गर्ने भएको छ।

संक्रामक रोग ऐन २०२० अनुसार उनीहरूलाई कैद सजाय गर्ने कोरोना भाइरस  संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आजको बैठकले निर्णय गरेको हो।

“विदेशबाट आएकाले अनिवार्य क्वारेन्टाइनमा बस्नु भन्ने सरकारको आदेशलाई अटेर गर्ने, जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआउने र क्वारेन्टाइनमा बसेर पनि भाग्ने प्रवृति देखिएकाले उनीहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार अधिकतम कैद सजाय गर्ने निर्णय भएको छ”, समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने।

यसका लागि गृह मन्त्रायले लगत संकलनको काम तत्कालै थाल्नेछ।  संक्रामक रोग ऐन २०२० को दफा ३ मा कैद र जरिवानको व्यवस्था गरिएको छ। ऐनको दफा ३ (१) मा ऐन वा ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा  १०० रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

यसैगरी, दफा ३ (२) मा ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महीनासम्म कैद वा  ६०० रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ।

कोरोना भाइरस व्यक्ति–व्यक्तिबीचको सम्पर्कका कारण सर्ने भएकाले विदेशबाट आउनेहरूलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न, समस्या देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न सरकारले यसअघि नै आह्वान गरिसकेको थियो। तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

पछिल्लो समय नेपालमा विभिन्न एअरलाइन्समार्फत् फर्किएका चार जना नेपालीमा कोभिड–१९ पुष्टि भएको छ।  देखापढीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल