FLASH NEWS
  • Loading...

सरकारले भन्यो- परिस्थितिलाई ख्याल गरेर एसईई रोकियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२६ पटक पढिएको
सरकारले भन्यो- परिस्थितिलाई ख्याल गरेर एसईई रोकियो

भोलि ६ चैतदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले एसईईलगायत सबै परीक्षा तत्कालका लागि स्थगित गरिएको बताए।

अचानक परीक्षा नै रोक्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नमा उनले भने, “यो अचानक होइन। सम्भावित संक्रमण र त्यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिलाई मध्यनजर गरेर सरकारले यो निर्णय गरेको हो।”

यो वर्षको एसईई परीक्षाका लागि देशभरबाट ४ लाख ८२ हजार २१९ विद्यार्थी सहभागी हुँदैथिए। यसअघि एसईई रोकिने, नरोकिने अन्योल थियो।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ४ चैतमा एक अपील जारी गर्दै विशेष सावधानी अपनाएर परीक्षा सञ्चालन हुने बताएका थिए।

आजै उपप्रधानमन्त्री पोखरेल संयोजकत्वको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, २५ जना भन्दा धेरै भेला नहुन आग्रह गर्दै विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्नेलगायतका निर्णय गरेको थियो।

जसमा हेल्थ डेस्क राखेरै एसईई परीक्षा सञ्चालन गरिने उल्लेख थियो। उपप्रधानमन्त्री पोखरेलले भने उच्चस्तरीय समितिबाटै एसईई स्थगन गर्ने निर्णय भएको बताए।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसँगको परामर्शपछि एसईई स्थगित गर्ने निर्णय भएको बताए।  “प्रधानमन्त्रीज्यूसँग सल्लाह गरेर उपप्रधानमन्त्रीज्यूले मलाई एसईई परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो”, उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल