FLASH NEWS
  • Loading...

यस्तै हो ‘प्रहरी मेरो साथी’ ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९५ पटक पढिएको
यस्तै हो ‘प्रहरी मेरो साथी’ ?

देशैभर नागरिक र प्रहरीबीचको दूरी  घटाउन  संञ्चालन गरिएको  ‘प्रहरी मेरो साथी’ अभियान प्रहरीबाटै भएको व्यवहार र कार्यशैलीले अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।

कुरा हो बिहीबार दिउँसोको । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साएका छन् । महिलालाई लाठी हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा देखिएका बेला बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेका देखिन्छ । पछि प्रहरीले ४ महिलालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको एक जिम्मेवार अधिकृतले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृश्यले प्रहरी सङ्गठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ । प्रहरीको निर्मम कुटाइ खाने ती महिला हुन् हेमा श्रेष्ठ । जो आफै पनि पछिल्ला केही महिनायता सामाजिक सञ्जालहरुमा भाइरल छिन् । श्रीमानले अन्याय गरेको, हेला गरेको भन्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा देखिने गरेकी हेमालाई युट्युबरले लगातार पछ्याइरहेका छन् ।

तर, बिहीबारको यो घटनाको कथा भने बेग्लै छ । भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हानेका हुन् । खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठीचार्ज गरेका हुन् ।

खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी महिलाले श्रेष्ठसँगै केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भिड देखेपछि  प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका इन्सपेक्टर पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् ।

यता, इन्सपेक्टर पौडेलले आफूले लाठी हानेको स्वीकारेका छन् । अर्काको घरभित्र छिरेर तोडफोड गरेपछि सामान्य बल मात्र प्रयोग गरिएको इन्सपेक्टर पौडेलको भनाइ छ । घटना हुँदा महिला प्रहरी पनि घटनास्थलमै रहेको बताएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले घटनामा दोषी देखिए कानुनअनुसार सशक्त रुपमा कारबाही हुने बताए । उनले भने, ‘दोषी देखिए कसैलाई पनि छोडिन्न । पौडेलमाथि अनुसन्धान सुरु भइसकेको छ ।’

छानबिन समिति गठन

कुनै महिलालाई पक्राउ गर्नुपरेमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ परिच्छेद २ मा महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर, महिलालाई कुट्न पुरुष इन्सपेक्टर पौडेल आफै अघि लागे ।

कार्यविधि आचारसंहितामा भनिएको छ, ‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन ।’

हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो ।

ललितपुर परिसरकी प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ । समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ ।रातोपाटीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल