- Loading...
यी नेपाली महिला दुबईमा अलपत्र ,कतैै तपाईले चिन्नु पाे भएको छ कि ?
- पुनहिल डट कम
- ४ साल अघि
- ३५७ पटक पढिएको

यूएईको दुबईमा एक नेपाली महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिनुभएको छ । कतैै तपाईले उहाँलाई चिन्नु पाे भएको छ कि ? अ’रबी भाषा प्रष्ट बोल्न जान्ने ती महिलाको नाम यामकुमारी थापा र उमेर ४६ वर्ष भएको स्थानीय सामाजिक अभियन्ता लैला अबु बकरले जानकारी दिनुभएको छ । नेपालमा उहाँको ठेगाना र दुबईमा काम गर्ने ठाउँबारे कुनै पत्तो लाग्न सकेको छैन ।सामाजिक अभियन्ता बकरका अनुसार यमकुमारीले २०१९ को अक्टोबरमा दुबई अस्पतालमा म’स्तिष्कको शल्यक्रिया गर्नुभएको थियो । त्यसपछि यामकुमारी अस्पतालमै हुनुहुन्छ ।
यामकुमारीको आफन्त तथा साथीभाइ कसैसँग पनि सम्पर्क छैन । रोजगारदाता व्यक्ति पनि अस्पतालमा नआएको बकरले चार महिनादेखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन । बकरले गल्फ न्यूजसँग बताए अनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा ए’म्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो ।ल्या’उनेबेला अचेत अवस्थामा भए पनि हो’श आइसकेपछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार स्तिष्कमा रक्तश्राव भएको देखिएको छ ।
अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।सामाजिक अभियन्ता ब’करका अनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने हो । तर कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उ’पाय नभएको बकरले बताए । यामकुमारीले आफ्नो एउटा छोरा छ भन्नेबाहेक अरु केही जानकारी दिन सक्नुभएको छैन । यामकुमारीले दुबईमै एक अरबी परिवारमा घरेलु का’मदारको रुपमा काम गरेको हुनसक्ने अनुमान गरिएको छ ।
सिधाकुराबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
