FLASH NEWS
  • Loading...

स्थानीय तहलाई राष्ट्रपति शिल्डको चटारो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७२ पटक पढिएको
स्थानीय तहलाई राष्ट्रपति शिल्डको चटारो

जिल्लाका सवै स्थानीय तहलाई विद्यालय स्तरीय खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकाउने चटारो छ ।
मंगला र रघुगंगा गाउँपालिकाले आगामी फागुन १ गते, बेनी नगरपालिकाले फागुन २ गते र अन्नपूर्ण गाउँपालिकाले फागुन ४ गतेदेखी आ–आफ्ना गाउँ/नगरपालिकामा अन्तर माध्यामिक विद्यालय स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दे छन ।
जिल्ला समवन्यय समितिका संयोजकत्वमा अगामी फागुन ८–११ गतेसम्म बेनीमा जिल्ला स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता आयोजना गर्ने मितीतय भएपछि गाउँ/नगरपालिकालाई हतारमा प्रतियोगिा सम्पन्न गरी सहभागी विद्यार्थी छनौट गर्नु पर्ने चटारो परेको हो ।
‘जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिती तय भैसकेको अवस्थामा स्थानीय तहलाई तत्काल प्रतियोगिता गर्नु पर्ने बाध्यता छ । सामान्यतयाः सवै विद्यालयले प्रतियोगिताको तयारी गरेका छन’ बेनीनगरपालिकाका खेलकुद संयोजक समेत रहेका जिल्ला खेलकुद विकास समतिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘राष्ट्रपति खेल प्रतियोगिताले म्याग्दीबाट अरुण शाही, कमला पुन समेत राष्ट्रिय खेलाडी उत्पादनमा योगदान छ ।’
मंगला गापाले अर्मनको पिपलवोटमा, रघुगंगा गापाले रघुगंगा मावि पिप्लेमा, अन्नपूर्ण गापाले शिख मावि शिखमा र बेनी नगरपालिकाले बेनी खुल्लामञ्च, कालीपुल कवर्ड हल र बगरफाँट स्थित सरस्वती प्राविमा प्रतियोगिता संञ्चालन गर्ने जनाएका छन ।
मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगिता जारी छ । दुर्गम धौलागिरी गाउँपालिकाले भने गत पुसको कठ्याङ्ग्रीने जाडो मै प्रतियोगिता सम्पन्न गरेको छ ।
राष्ट्रपति खेल प्रतियोगितामा सवै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स र कवड्डी खेल विधाका १५ खेलमा प्रर्तियोगिता गराएका छन/गराउने भएका छन । बेनी नगरपालिका दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगितामा भने भलिवल, कवड्डी, एथलेटिक्सबाहेक ते क्वाण्डो, कराँते र उसु खेललाई समेत समावेश गर्ने भएको छ ।
अङ्ढको आधारमा शिल्ड जित्ने भएकोले ते क्वाण्डो, कराँते र उसु तर्फका खेलले जिल्ला स्तिरिय राष्ट्रपति शिल्ड प्रतियोगितामा सदरमुकाम बाहिरका विद्यालयलाई शिल्ड हात पार्न मुस्किलि बनाउने छ । सदरमुकाम बाहिर यी खेल विद्यामा प्रतियोगिता नभएको र विद्यार्थी सहभागी नहुने भएकोले उनीहरुले स्वतः अङ्ढबाट वन्चित हुने छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल