FLASH NEWS
  • Loading...

प्रस्तावित प्रदेश प्रहरी संरचना बारे राय संकलन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७६ पटक पढिएको
प्रस्तावित प्रदेश प्रहरी संरचना बारे राय संकलन

प्रस्तावित प्रदेश प्रहरीको संगठनात्मक स्वरुप, रणनीतिक योजना, प्रदेश प्रहरी ऐन र नियमावली कस्तो बनाउने विषयमा जिल्लामा सरोकारवालासँग राय संकलन गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरेको संयोजकत्वमा एसएसपी राजेशलाल कर्ण सदस्य तथा विज्ञ समुहबाट पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक (डिआईजी)द्वय सुरेन्द्रबहादुर शाह, बमबहादुर भण्डारी, पूर्व एसएसपी विक्रम गुरुङ र सुरक्षा विज्ञ शोभाकर बुढाथोकी सम्मिलित टोलीले शनिवार बेनीमा सरोकारवालासँग अर्न्तक्रिया गरेको हो ।

‘प्रदेश प्रहरी संगठनको स्वरुप, रणनीतिक योजना, प्रदेश प्रहरी ऐन र नियमावली कस्तो हुनु पर्छ, सोको मोडेल प्रस्तुत गर्न हामीलाई जिम्मेवारी तोकिएकोले जिल्ला र गाउँमा समेत पुगेर राय बुझ्ने र अनुभव साट्न आएका हौं’ प्रदेश प्रहरी सुझाव समितिका विज्ञ सदस्य पूर्व डिआईजी सुरेन्द्रबहादुर शाहले भने, ‘नेपाल प्रहरी ऐन १०१२ बाट निर्देशित छ । यो ऐन पुरानो भयो । समयले आधुनिक युग सुहाउँदो प्रहरी खोजेको छ ।  संघियतामा निजामति तर्फका कर्मचारी समायोजनमा देखिएको जटिलताबाट पाठ सिक्दै र प्रहरीमा चेन अफ कमाण्ड पनि नभत्कने गरी नयाँ प्रहरी स्वरुप बनाउने खोजेका छौं ।’

हालै प्रतिनिधी सभामा पेश भएको प्रदेश प्रहरी मस्यौदा ऐनको मस्यौदामा हरेका प्रदेश कमाण्डरको रुपमा संघिय प्रहरीका डिआईजी रहने र डिआईजी प्रदेश सरकार मातहत रही काम गर्ने, डिआईजीको कमाण्डमा प्रदेश प्रहरी रहने र प्रदेश प्रहरीको कमाण्ड भने मातहतका एसपी, एसएसपीले गर्ने । डिएसपी र मातहतका सवै तह पूर्णरुपमा प्रदेश प्रहरीको मतहत रहने ब्यवस्था छ ।
‘हामी अहिले प्रदेश प्रहरी मस्यौदा ऐनले तोकेको मोडेल तथा सीमा भित्र रहेर प्रदेश प्रहरीले अपनाउने रणनितिक योजना, प्रदेश ऐन तथा नियमावली निर्माणमा जुटेका छौं’ सरोकारवाला संग रायसुझाव माग्न बेनी आएका प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता तथा सुझाव समितिका संयोजक डा राजेन्द्र घिमिरेले सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल