FLASH NEWS
  • Loading...

१३ औं सागको भव्य उद्घाटन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५९ पटक पढिएको
१३ औं सागको भव्य उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले  १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “म काठमाडाैं, जनकपुर र पाेखरामा आयाेजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियाेगिता शुभारम्भ भएकाे घाेषणा गर्दछु।”
राष्ट्रपति भण्डारीको आगमनसँगै शुरू भएको उद्घाटन समारोहको मार्च पासमा अग्र भागमा सागको मस्कट थियो। त्यसपछि सागको लोगो लिएर कन्याहरू थिए। त्यसपछि ओलम्पिक र सात देशको झन्डा लिएर बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र नेपालका खेलाडी थिए। त्यसपछि रेफ्रीहरू मार्च पासमा थिए।

सबै देशको झन्डा अघि लाखे नाच थियो। स्वम्भूबाट शुरू भएको ओलम्पिक टर्च लाइट जितबहादुर केसीले बोकेर रंगशाला प्रवेश गरेका थिए। उनले रंगशाला परिक्रमा गर्ने क्रममा  राजेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए। भण्डारीले नयना शाक्यलाई हस्तान्तरण गरेका थिए। नयनाले बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेका थिए।
मानन्धरले ओलम्पिक टर्च दीपक बिष्टलाई हस्तान्तरण गरेका थिए। बिष्टले रंगशालामा ओलम्पिक दीप प्रज्वलन गरेका थिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  रमेशकुमार सिलवालले भूकम्पले सम्पूर्ण संरचना भत्काइदिएकाले समयमै प्रतियाेगिता गर्न चुनाैती रहे पनि सबैकाे लगन र मिहिनेतले याे बिन्दुमा पुग्न सफल भएकाे बताए।

७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको छ ।
काठमाडौं र पोखरा यसपटकका मुख्य खेलस्थल हुन् । काठमाडौं, ललितपुर, कीर्तिपुर र गोकर्णेश्वरमा एथलेटिक्स, बास्केटबल, थ्रीबाईथ्री बास्केटबल, बक्सिङ, पुरुष क्रिकेट, साइक्लिङ, फेन्सिङ, पुरुष क्रिकेट, गल्फ, जुडो, कबड्डी, कराते, खोखो, पौडी, सुटिङ, स्क्वायस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसु आयोजना हुनेछन् ।

पोखरामा आर्चरी, ब्याड्मिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा हुनेछन् । जनकपुरमा कुस्ती आयोजना हुनेछ । साग नेपालकै परिकल्पना हो । यसको पहिलो संस्करण नेपालले सन् १९८४ मा आयोजना गरेको थियो । १५ वर्षपछि १९९९ मा नेपालले सागको आठौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसअघि दुवै पटक नेपालले आयोजना गर्दा सम्पूर्ण खेल काठमाडौं केन्द्रित थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल