FLASH NEWS
- Loading...
सागमा इतिहास रच्दै महिला भलिबल टोली फाइनलमा
- पुनहिल डट कम
- ५ साल अघि
- ३७६ पटक पढिएको

नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले आज श्रीलंकालाई हराउँदै फाइनलमा स्थान बनाएर इतिहास रचेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।
नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकाल्यो । नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक २० अंक जोडिन । यस्तै सरस्वती चौधरीले १७ अंक जोडिन ।
श्रीलंकालाई हराएसँगै नेपालले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ ।
अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएर फाइनल पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
