FLASH NEWS
  • Loading...

पर्यटन प्रर्वद्धन गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५८ पटक पढिएको
पर्यटन प्रर्वद्धन गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता

अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानी स्थित पुनहिल युवा क्लव, टोल सुधार समिति र आमा समुहको सहयोगमा घोडेपानीका घोडापालकहरुको आयोजनामा शिख–घोडेपानी १२ किलोमिटर लामो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ ।

Posted by Chitra Poon on Friday, November 29, 2019

११ जना घोडचडी सहभागी प्रतियोगितामा १२ किमी दुरी ४५ मिनेट २२ सेकेण्डमा पुरागरी अन्नपूर्ण गाउँपालिका, कास्की घान्द्रुकका विश्व गुरुङ्गको घोडाले पहिलो भएको छ । त्यसैगरी अनिल गुरुङ्ग ४५ मिनेट ३० सेकेण्ड र दिपेन्द्र विकले ४७ मिनेट ५५ सेकेण्डमा दौड पुरागरी दोस्रो र तेस्रो भए । विजेताहरुलाई खादाले सम्मान गरियो ।

प्रतियोगितामा घोरेपानीका ओसन पुनले ४९ मि ५० सेकेण्ड, विशाल गुरुङ ५० मिी ३० सेकेण्ड, भुमे तामाङले ५१ मि। ४० सेकेण्ड, पृतम सापकोटाले ५१ मिनेट ४१ सकेण्ड, बुद्धी विक ५३ मि।३६ सेकेण्ड, यामप्रसाद पुन ५३ मिनेट ३७ सेकेण्डमा दौड पुरा गरेका थिए ।
‘यो कुनै पुरस्कार राशी राखेर आयोजना गरिएको प्रतियोगिता होईन । यहाँको पर्यटन प्रर्वद्धन गर्न र अनुवभ साटासाट गर्न घोडादौड गराएका हौं’ घोडादौड प्रतियोगिता आयोजकमध्यका अगुवा चित्र पुनले भने, ‘यो बर्षको अनुभवले अर्को बर्ष राम्रो पुरस्कार राशीसहित खुल्ला घोडादौड गराउने निर्णय गरेका छौं ।’

घोडा (अश्व) मानिसको नजीक भएको संसारको सवैभन्दा प्राचिन घरपालुवा जनावर हो । घोडाले अज्ञात कालदेखी मानिसको कुनै न कुनै रुपमा सेवा गर्दै आएको छ ।
हिन्दू मान्यताअनुसार घोडाको उत्पति समुन्द्र मन्थनबाट भएको हो । देवता र दानवको समुन्द्रमन्थन हुँदा निस्केका १४ रत्नमध्येको एक रत्न घोडा थियो, जसको नाम थियो उच्चैश्रावा । कथाअनुसार समुन्द्र मन्थन गर्दा ऐरावत हात्तीपछि उच्चश्रैवा निस्किएको थियो । देवता तथा दानवहरूबीचको सहमतिअनुसार त्यतिबेला उक्त घोडा देवताहरूका राजा इन्द्रलाई प्रदान गरिएको थियो । भनिन्छ, इन्द्रको रथ यही घोडाले तान्थ्यो ।

फोटो ः चित्रबहादुर पुन/सेते तिलिजा पुन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल