- Loading...
ओमकुमारी शान्ति कोषद्धारा संरक्षक सदस्यलाई स्वागत
- पुनहिल डट कम
- ५ साल अघि
- २३४ पटक पढिएको

विपन्न म्याग्देलीको उपचारमा सघाउदै आएको परोपराकी संस्था ओमकुमारी शान्ति कोषले शुक्रबार संरक्षक सदस्यलाई बेनीमा स्वागत तथा सम्मान गरेको छ ।
संस्थाको बिधान अनुसार व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गर्नुभएका धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आउनुभएका ज्ञानबहादुर थापा र उहाँकी श्रीमती सुमित्रालाई सम्मान गरिएको हो ।
मोना हङकङका पूर्व कोषाध्यक्ष थापाले कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि रकम जुटाउन हङकङमा आयोजना गरेको कार्यक्रममा हङकङबाट सबैभन्दा बढी व्यक्तिगत रुपमा आफूले सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन शान्तिको स्मृतिमा स्थापित कोषले एक सय जना भन्दा बढी जटिल रोगबाट थलिएका बिरामीलाई एक करोड रुपैयाँ बढी सहयोग जुटाएर सहयोग गरेको छ । जटिल रोगले थलिएका म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले कोषले डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान चलाएको छ । पाँच हजार ५०० रुपैयाँ शूल्क तिरेर आठ सय जना भन्दा बढी कोषको आजिवन सदस्य बनेका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
