FLASH NEWS
  • Loading...

युनिक सहकारीको अध्यक्षमा ठाकुर शर्मा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३८२ पटक पढिएको
युनिक सहकारीको अध्यक्षमा ठाकुर शर्मा

सदरमुकाम बेनीका क्याम्पसचोक स्थित युनिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभाबाट ठाकुरप्रसाद शर्मा अध्यक्ष निर्वाचित भएका छन ।

संस्थाको शनिवार बेनीमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षममा बाबुराम आचार्य, सचिव श्रीधर सुवेदी, सहसचिव मञ्जु बानियाँ, कोषाध्यक्ष हिराबहादुर बरुवाल तथा सदस्यहरुमा सोमनाथ उपध्याय, लुकेन्द्र जिसी, कविन्द्र श्रेष्ठ, सोनाम ल्होमु गुरुङ्ग, नारायण शर्मा र नकुल ढकाल निर्विरोध निर्वाचित भएका हुन ।

त्यसैगरी जेष्ठ सदस्य नारायणदत्त सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट लेखा समितिमा अमृत पौडेल, दीपेन्द्र पौडेल र सुमन पौडेल ऋण समितिमा घनश्याम सापकोटा, नकुल ढकाल, शिक्षा समितिमा रोहित ढुङ्गाना, हरीप्रसाद सुवेदी चयन भएका छन ।

१ हजार ७ सय ५९ जना शेयर सदस्य रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर पुँजी ७५ लाख ९४ हजार ९ सय रहेको छ । संस्थाले आव ०७५/०७६ मा ३ करोड १७ लाख ६१ हजार ५ सय ४३ रुपैयाँ ऋण लगानीगरी विभिन्न कोषमा कानुन अनुसार रकम छुट्टाई खुद ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।

संस्थाले सहकारीको सिद्धान्त र भावना अनुरुप काम गरिरहेको र बेनीका अन्य सहकारीको तुलनामा ब्याज दर र सेवा शुल्क न्यून भएपनि सो विषय सेवाग्राही सम्म पुर्‍याउन नसकिएकोले लगानी न्यून देखिएको संस्थाले जनाएको छ ।

‘हामी सहकारीको शिद्धान्त, भावना र मर्म अनुरुप नै चलेका छौं । हामीले न्यून ब्याजदरमा लगानी गरेका छौं, अन्य सहकारीले जस्तो चर्को सेवा शुल्क भन्दै सेवाग्राही ठगेका पनि छैनौं’ संस्थाका नवनिर्वाचित अध्यक्ष ठाकुर शर्माले भने, ‘सानो पुँजीमा काम गरेका भएपनि हामी कछुवाको गतिमा छौं । ठूला भनिएका खहरे सहकारीबाट अन्तर्त बचतकर्ता र साधारण शेयरसदस्य ठगिएका छन ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र