FLASH NEWS
  • Loading...

विम बस दुर्घटनामा चार यात्रुको घट्नास्थलमै मृत्यु, २२ घाईते, अधिकांश कृषी क्याम्पसका विद्यार्थी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४१ पटक पढिएको
विम बस दुर्घटनामा चार यात्रुको घट्नास्थलमै मृत्यु, २२ घाईते, अधिकांश कृषी क्याम्पसका विद्यार्थी

जिल्लाको पश्चिम मालिका गाउँपालिका, ७ विममा साँझ ६ः१५ बजे ग १ ज ४४७६ नम्बरको मिनी माईक्रो बस सडकबाट तल खस्दा सवार ११ बर्षिया वालिकासमेत ४ यात्रुको घट्नास्थलमा मृत्यु भएको छ ।
घट्नास्थल पुगेकी मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुका अनुसार मृत्यु हुनेमा मालिका गाउँपालिका, ७ वीमका वडाध्यक्ष रेशम जुग्जालीकी ११ बर्षिया छोरी आयुसा, स्थानीय सतदेवी भट्टचन रहेका छन । थप दुई जनाको नाम खुलेको छैन ।
घाईते अधिकांश किसानी माध्यामिक विद्यालय विममा संञ्चालित कृषी प्राविधिक धार तर्फको विद्यार्थी छन । दशैं–तिहार मनाएर विद्यालय फर्केका विद्यार्थी दुघंटनामा परेका छन ।
प्रहरीका अनुसार दुर्घटनामापरी मालिका, ५ विमका हुमबहादुर जुग्जाली, पलप्रसाद जुग्जाली, कृष्टीना जुग्जाली, नरदेवी परियार, दिलु शेरपुजा, तनदेवी जुग्जाली, चन्द्रकली दर्जी, शुरेश जुग्जाली, देवी जुग्जाली, लिला जुग्जाली रहेका छन । त्यसैगरी मंगला गापा, ५ छिस्वाङ्गकी रमिला खत्री, बेनी नपा, ३ का केशव शर्मा, धौलागिरी गापा, ३ की रिलमायाँ बुढा, बेनी नपा, ९ का विसन खत्री, बेनी नपा, ४ का गौरव पौडेल, प्रमिस पौडेल, बाग्लुङ्ग ताराखोलाका विजय कंडेल, समेत २२ जना यात्रुलाई प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पुर्‍याईएको छ । स्थानीयबाहेक सवै कृषी प्राविधिक तर्फका विद्यार्थी हुन ।
घट्नास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार मालिका गाउँपालिका केन्द्र दरवाङ्गबाट यात्रु लिएर गएको स्थानीय रुटमा चल्ने उक्त वस साँझ विमको घुम्तीमा टर्निङ नपुग्दा बस सडकदेखी खसेको हो ।
‘घट्नास्थलमा चार जनाको मृत्यु भएको छ । २२ जना घाईते प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पठाएका छौं’ प्रहरी निरिक्षक पाण्डेले भने, ‘घाईतेहरुको अवस्थाबारे हामी पनि वेखवर छौं, घट्नास्थलबाट घाईतेको उपचार भैरहेको स्थल तर्फ जाँदै छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल