FLASH NEWS
  • Loading...

दाना सवस्टेसन नबन्दा घलेम्दीको विधुत खेर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९९ पटक पढिएको
दाना सवस्टेसन नबन्दा घलेम्दीको विधुत खेर

म्याग्दी, ३ कात्तिक ।

उत्पादित विजुली सवस्टेसनमा चार्जगरी केन्द्रीय प्रशासरण लाईनमा जोड्न नपाउँदा यहाँका दुई वटा जलविधुत आयोजनाको १३ मेगावाट विजुली खेर गैरहेको छ ।

अन्नपूर्ण गाउँपालिका, ३ दाना तथा पर्वतको कुस्मा स्थित खुर्कोट सवस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०/१३२ केभिए प्रसारण लाईन निर्धारित समयमा नवन्दा ५ मेगावाट क्षमताको घलेम्दी र थापाखोलाको ८ मेगावाट विधुत खेर गएको हो ।

घलेम्दी जलविधुत आयोजनाले असारमै टनेल परिक्षण,  वेट तथा ड्राई टेष्ट, भोल्टेज तथा पावर टेष्टको पुनःपरिक्षण तथा सवस्टेसनका पावर सप्लाई टेष्ट पुरागरी विधुत पठाउने माध्यम नपाएकोले उत्पादन होल्ड गरी बसेको जनाएको छ ।

‘आयोजनाबाट उत्पादित विजुली जोड्ने सवस्टेशन तयार नहुँदा २ महिनादेखी अलपत्र छौं । बैंकको ब्याज मिटर झै घुमेको घुमै छ, यता उत्पादित विजलुली जोड्ने सवस्लेशन पाएका छैनौं’ घलेम्दी जलविधुत आयोजनाका कम्पनी सचिव विमल रिजालले भने, ‘निर्माणाधिन दाना–कुस्मा १३२ मेगावाट सवस्टेसन ढिलाईले हामी मात्र होईन मुस्ताङ्गको थापाखोला आयोजनाबाट उत्पादित विधुत पनि खेर गैरहेको छ ।’

थापाखोलाको १३.६ मेगावाट विधुत मध्य ५ मेगावाट विधुत म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङको घराप स्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविधुतको सवस्टेशनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङको घराप स्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविधुतको सवस्टेशनमा सिङ्क्रोनाईज गरी ३३ केभिए वन वे राष्ट्रिय प्रसारणलाईनमा चार्ज गरिएको छ ।

उत्पादित विधुत खेर मात्र गैरहेको छैन, सानो क्षमताको पुरानो र ब्यवस्थित विधुत प्रसारण प्रणालीमा ठूलो क्षमताको विधुत जोड्दा साविध धौलागिरीका पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्गमा पटक–पटक विधुत जाने (ट्रीप हुने) समस्याबाट उपभोक्ता हैरान छन ।

किन भैरहन्छ विधुत ट्रिप ?

विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्रका अनुसार पर्वतको मोदीखोला सवस्टेसनबाट निक्लेको एउटै ३३ केभिए प्रसारण लाईन कुस्मा–बाग्लुङ्ग–बेनीहुँदै ८२ किमी माथी मुस्ताङ्गको कोवाङसम्म पुर्‍याईएको छ । यति लामो प्रसारण लाईनले धौलागिरीका झण्डै ५ सय साना ठूला ट्रान्सफर्मरको लोड रहेको छ ।

लामो दुरी भएकोले पल्ट पत्ता लगाई छिटो विधुत नियमित गर्न दर्जनबढी ठाउँमा सेक्सन छुट्याईएको छ । फल्ट पत्ता लगाउन हरेक सेक्सनमा लाईन काट्दै हेर्दै गर्ने भएकोले म्याग्दीमा दैनिक १० पटकबढी विधुत ट्रिप हुने गरेको छ । भौगोलिक कठिनाई भएकोले फल्ट पत्ता लागेपनि मर्मत गर्न जान नै समय लाग्ने भएकोले लामो समय विधुत आपुर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले दावि गरेको छ ।

तल्लो क्षेत्रमा पटक–पटक विधुत ट्रिपहुँदा थापाखोला जलवुधुतका मेशिनले लोड र फ्रिक्वान्सी अनुसार भारको सन्तुलन नमिल्दा विधुत सिस्टम वन्द हुने ‘हन्टिङ्ग’ गरेको आयोजनाले जनाएको छ ।

‘प्रसारण लाईनमा ३०–४० किमी दुरीमा सवस्टेसन हुनु पर्ने हो तर ८२ किमी दुरीसम्म ३३ केभिए लाईन वन वे भएकोले विधुत ट्रिप हुने समस्या भैरहन्छ’ म्याग्दी वितरण केन्द्र प्रमुख नेत्रमणी न्यौपानेले भने, ‘दाना (म्याग्दी)–खुर्कोट(पर्वत)मा सवस्टेसन र २२० केभिए प्रसारण लाईन नवनेसम्म समस्या यथावत रहन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल