FLASH NEWS
  • Loading...

गर्भवती युवती १३ दिनदेखी बेपत्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७५ पटक पढिएको
गर्भवती युवती १३ दिनदेखी बेपत्ता

म्याग्दी, १ असोज ।
बेनी नगरपालिका, ८ बेनी न्यूरोडकी १९ बर्षिया गर्भवती मनिषा परियार १३ दिनदेखी वेपत्ता छिन ।
भदौ १८ गते साँझ अन्दाजी सात बजे घरबाट निक्लेकी मनिषा त्यसयता घर/माईती र आफन्तको सम्पर्कमा छैनन । श्रीमान शंकर परियारका अनुसार वेपत्ता मनिषा ५ महिनाकी गर्भवती हुन । श्रीमान टिभी रुममा रहेको र सासु बाहिर गएको मौका छोपी मोवाईल, हाते पर्स समेत घरमै छोडेर मनिषा निक्लेकी हुन ।
साँझ ९ बजेसम्म घर नफर्केपछि परिवारले माईतीलाई फोनगरी मनिषा सम्पर्क विहीन भएको खवर गरेका थिए । लगत्तै दुवै घर/माईती पक्षले मनिषा वेपत्ता भएकोले खोजी गरिदिन प्रहरीमा हुलिया सहित खवर गरेका थिए ।
मनिषाको हुलिया सहित मातहतका निकाय परिचालनगरी खोजी गरिरहेका छौं । माईती/घर पक्षले पनि संभावित क्षेत्रमा खोजी गरिरहेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ ।
तिज मनाउन माईती पर्वतको कुस्मा गएकी मनिषालाई सोही दिन आमा सिर्जना र ठूलो बुबा विकास परिषरले जिल्ला अस्पताल बेनी ल्याई उपचारपछि घर पुर्‍याएर फर्केका थिए । यस अघि पनि मनिषा पटक पटक माईती जाने र माईतीले घर ल्याएर छोड्ने गरेका थिए । सकुसल फर्केको जानकारी दिन आमा सिर्जनाले साँझ छोरीको मोवाईलमा फोन गर्दा ज्वाई शंकरले उठाई मनिषाले खाना खाँदै गरेको भनेका थिए । र लगत्तै एक घन्टा नहुँदै मनिषा सम्पर्क विहिन भएको खवर गरेकाल थिए ।
‘गर्भवती युवती वेपत्ता भएकीले परिवारसँग मिलेर खोजीमा जुटेका छौं । लामो समयदेखी फेला पार्न नसकिएकोले चुनौति थपेको छ’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘पारिवारिक झगडा वा अन्य सम्बन्धका विषय अनुसन्धान गर्न मनिषाको कल डिटेल झिकाएर अध्ययन गरिरहेका छौं ।’
त्यसैविच जिल्ला प्रहरी कार्यालयको आव ०७५/७६ को अभिलेख अनुसार ४१ महिला, ७ बालक र ११ बालिका हराएको उजुरी परेकोमा १ महिला, ३ बालक र १ बालिका अझै फेला परेका छैनन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल