FLASH NEWS
  • Loading...

श्रीमान्–श्रीमति नै अख्तियारको नियन्त्रणमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७८ पटक पढिएको
Post Thumbnail

म्याग्दी, २७ भदौ ।

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत एक दम्पत्ती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन ।

आव ०७५/०७६ मा संञ्चालित विभिन्न कार्यक्रम गर्न लिएको पेश्की फर्स्यौट गर्न पेश गरेका वीलभरपाई फर्जी भेटिएपछि हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य र सोही कार्यालयमा कार्यरत राधिका आचार्यलाई अख्तियार दुरुयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ ।

भरत र राधिका आचार्य श्रीमान्श्रीमती हुन । हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्यले कार्यक्रम संञ्चालन गर्न लिएको ९ लाख र पत्नि अनमी राधिका आचार्यले लिएको ४ लाख बजेटका कार्यक्रमको अस्वभावीक मुल्य राखिएका फर्जी वील फेस गरेको भेटिएपछि आचार्य दम्पत्ति अख्तियारको नियन्त्रणमा परेका हुन ।

पेश्की फस्यौट गर्न अस्वभाविक र फर्जी वील पेश गरेका भरत आचार्य आफैले कार्यालय प्रमुख, लेखा शाखा प्रमुख समेतका कर्मचारीले घुस मागेको भन्दै अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीमा छानविन क्रममा बयानकालागी अख्तियार पुगेका आचार्य दम्पत्ति उल्टै नियन्त्रणमा परेका हुन ।

कार्यालय प्रमुख भीमप्रसाद आचार्य, लेखापाल हरीशंकर शर्माले फर्जि विलको आधारमा पेश्की फस्यौट गर्न नसक्ने बताएपछि उनै भरत आचार्यले कार्यालय प्रमुख भीमप्रसाद, लेखापाल हरीशंकर र जिन्सी शाखाका रघुनाथ रेग्मीले पेश्की फर्स्यौट गर्न घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी गरी पक्राउ गराएका थिए । बिशेष अदालतले पक्राउ परेका कार्यालय प्रमुख भीमप्रसाद, लेखापाल हरीशंकरलाई जनही एक लाख ३० हजार र जिन्सी शाखाका रघुनाथ रेग्मीलाई भने ५० हजार धरौटी लिएर तारेखमा छोडेको छ ।

अख्तियारले कार्यालयका फाईल र स्थलगत अनुसन्धान गर्दा उल्टो निवेदकले नै फर्जी वील पेशगरी पेश्की फर्स्यौट गर्न दवाव दिएको खुलेपछि नियन्त्रणमा लिएर छानविन थालेको हो ।

भरत दम्पत्तिले कार्यालय प्रमुख, लेखा र जिन्सी शाखा प्रमुख अख्तियारको निययन्त्रणमा लिएको अवसर छोपेर भरत आचार्य र तथ्याङ्ढ प्रमुख मेघनाथ रेग्मीले कार्यालय प्रमुख र लेखा फाँटमा अख्तियारले लगाएको ताला फोडेर फाईल नष्ट गर्ने प्रयास पनि गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल