FLASH NEWS
  • Loading...

४० औं शिक्षा दिवस तथा ५३ औं अर्न्तराष्ट्रिय साक्षरता दिवस मनाईयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५३४ पटक पढिएको
४० औं शिक्षा दिवस तथा ५३ औं अर्न्तराष्ट्रिय साक्षरता दिवस मनाईयो

२२, भदौ ।

निजी विद्यालयको ब्यवस्थापनमा ‘सार्वजनिक शिक्षा प्रणाली सवलीकरण’ गर्ने नारासहित ४० औं शिक्षा दिवस तथा ५३ औं अर्न्तराष्ट्रिय साक्षरता दिवस मनाएको छ ।

बेनी नगरपालिका र शिक्षा विकास तथा समवन्यय समितिले नगरप्रमुख हरीकुमार श्रेष्ठको लगानी रहेको माउण्ट एभरेष्ट आवसिय माविको ब्यवस्थाफनमा आयोजित कार्यक्रमका बत्ताले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको भन्दै टिप्पणी गरे ।

जिल्लाका निजी तथा सामुदायीक विद्यालयबाट एसईई र बेनी नगरपालिका क्षेत्रका निजी तथा सामुदायीक विद्यालयबाट कक्षा आठको परिक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै रुपमा प्रमुख अतिथि जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले सम्मान गरे ।

कार्यक्रममा ०७५ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सर्वोकृष्ट जिपिए ल्याउने विद्यार्थी सलिना राम्जाली (माउण्ट एभरेष्ट), सामुदायीक तर्फबाट निशान चोखाल राष्ट्रिय मावि नेप्टेचौर नगद २ हजार ५ सय र प्रमाण पत्रले सम्मान गरियो । त्यसैगरी ०७५ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट विद्यालयमा लिटल गार्डेन एकेडेमी बेनी र सामुदायीक तर्फ ज्ञानप्रकाश माध्यामिक विद्यालय दाना, (अन्नपूर्ण गापा) सम्मानित भए । स्थानीय तह अर्न्तगत धौलागिरी गापाबाट किसानी मावि धारापानी, मालिका गापाबाट किसानी मावि विम, मंगला गापाबाट त्रिभुवन मंगला मावि र्‍यालेखोर, बेनी नगरपालिकाबाट राष्ट्रिय मावि नेप्टेचौर र रघुगंगा गापाबाट रघुगंगा मावि पिप्लेले उत्कृष्ट विद्यालयको पुरस्कार जिते ।

आफ्नै बजेट, कार्यक्रम र क्षमता अभाव हुँदा दिवस मनाउन नसक्दा निजी विद्यालयको आगनमा आयोजित कार्यक्रमका प्रमुख अतिथी देवेन्द्र केसीले भने, ‘शिक्षामा भैरहेको विभेदलाई अन्त्य गर्न सरकार लागी परेको छ । सरकारले दिएको निःशुल्क शिक्षामा विश्वास नगर्ने मानसिकता परिवर्तन गर्नु पर्छ । शिक्षक, कर्मचारीले अझ प्राथमिकतामा राख्नु पर्छ’ केसीले थपे, ‘शिक्षा भुगोलको स्रोत साधनमा आधारित भै बैज्ञानिक र ब्यवहारिक बनाउनु आवश्यक छ ।’

त्यसैगरी शिक्षा विकास तथा समवन्यय समितिका प्रमुख दलबहादुर थापाले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेकपाका नेता हरीकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका माधव रेग्मी, माउण्ट एभरेष्ट आमावि संञ्चालक प्रमोद श्रेष्ठ, शिक्षक संगठनका देवराज सुवेदी, संघका दुर्गाराम सुवेदी, गैससका हरी पौडेलले सरकारी विद्यालय/शिक्षा क्षेत्रमा सुशासनको अभावले गुणस्तर खस्कदै गएकोले लगानी अनुसारको प्रतिफल ल्याउन शिक्षक जिम्मेवार बन्न सुझाए ।

चर्को घाममा सहभागीलाई सितल दिन बनाईएको चिटिक्क टेन्ट टाँगेर निर्मित हल र मञ्चलाई ब्यवस्थापक माउण्ट एभरेष्ट आमाविले बर्षौ अघिदेखी जितेका विभिन्न खेलकुलका पदकहरु प्रर्दशनी गर्ने ‘पदक स्टल’ पनि उपयोग गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल