- Loading...
बेनीको खानेपानीमा कोलिफर्म अधिक भेटियो
- पुनहिल डट कम
- ५ साल अघि
- ५०३ पटक पढिएको

म्याग्दी, ८ भदौ ।
सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) अधिक भेटिएको छ ।
बेनी नगरपालिका वडा ७ र ८ बेनीबजार क्षेत्रमा भदौ २–५ गतेसम्म पानीजन्य रोग आउँको प्रकोप फैलिएपछि खानेपानीमा इकोली परिक्षण गर्दा दुधेखोला मुहानको पानीमा सिएफयु/१०० एमएल परिक्षण गर्दा असख्य दिसाजन्य पदार्थ (कोलीफर्म ब्याक्टेरिया) भेटिएको हो ।
‘बेनीमा वितरण गरिएको दुई मध्य दुधेखोला मुहानको पानी अधिक प्रदुसित (कोलिफर्म ब्याक्टेरिया) भेटिएपछि यो मुहानको पानी बन्द गरेका छौं’ बेनी खानेपानी उपभोक्ता संस्थाका म्यानेजर चन्द्रबहादुर थापाले भने, ‘हाल पुम्दीखोलाको पानीलाई पनि क्लोरिनेसन गरी पठाएका छौं । तर बर्खाको समयमा बाहिरी श्रोत मिसिन सक्ने र हिजो अस्ती वितरित पानीसँगै उपभोक्ताको ट्याङ्ढी र वितरणलाईनमा अझै कोलिफर्म हुने भएकोले पानी उमालेर/फिल्टरगरी पिउन अनुरोध छ ।’
बेनी–जोमसोम सडक विस्तार क्रममा बेनीमा ल्याएको पुम्दीखोला मुहानको पाईप लाईनमा क्षति पुगी लामो समय खानेपानी अवरुद्ध भएको थियो । तुलनात्मक शुद्घ मानिएको पुम्दीखोला मुहानको पानी अवरुद्ध भएपछि हाहाकार बेनीबासीलाई खानेपानी उपभोक्ता संस्थाले दुधेखोला मुहानको पानी फिल्टर समेत नगरी सोझै वितरण लाईनमा जोडेको थियो ।
पुम्दीखोलाबाट ल्याएको दुई र दुधेखोलाको एक वटा पाईपबाट ल्याएको पानी बेनीको मगंलाघाट माथी रहेको सेडिमेन्टेसन ट्याङ्ढीमा जम्मा गरी स्लो स्याण्ड फिल्टर ट्याङ्ढीमा फिल्टरगरी क्लोरिनेसन युनिटबाट पानी शुद्ध बनाई आरविटी ट्याङ्ढीबाट उपभोक्ताको घरमा पानी पठाउने गरिएको छ । तर अहिले फिल्टर सिस्टमले राम्रो काम नगरेपछि पानीलाई क्लोरिनेसन युनिटबाट सोझै आरविटी ट्याङ्ढीमा जम्मागरी वितरण गरिएको छ । संस्थाले बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गर्दै आएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
