FLASH NEWS
  • Loading...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५८६ पटक पढिएको
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, ४ साउन ।

हिमालपारीको जिल्ला मुस्ताङ्ग सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकको गुईठेमा पहिरोले यातायात अवरुद्ध छ ।

सदरमुकामदेखी २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका, १ दानाको गुईठे स्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएको हो । बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकको चमेरे, बैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, गुईठे, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।

‘राती सुख्खा गुईठे भीरमा सुख्खा पहिरो झरेकोले सडक बन्द छ, यातायात अवरुद्ध भएको छ’ सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘डोजर ल्याएर पहिरो पन्छ्याउने तयारी भएको छ । थप पहिरो झरेन भने शनिवार दिउँसोसम्म सडक खुलाउने तयारीमा छौं ।’

बेनी–जोमसोम सडकमा पहिरोले यातायात अवरुद्ध मात्र पारेको छैन, सवारी संञ्चालनमा रहेको क्षेत्रमा समेत माथीबाट बारम्बार ढुङ्गा झर्न नरोकिएकोले जोखिमपूर्ण पनि बनेका छन । सडको बेगखोला, तिप्ल्याङ्ग, महभीर, भीरकाटे, तातोपानी, दाना, घाँसा क्षेत्रका भीरबाट ढुङ्गा झर्ने हुँदा पैदल हिंड्न समेत समस्या छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल