- Loading...
बेनपाका वडा नं ६ का योजना सम्पन्न
- पुनहिल डट कम
- ५ साल अघि
- ३१२ पटक पढिएको

म्याग्दी, २४ असार ।
बेनी नगरपालिका वडा नं ६ मा संञ्चालित अधिकाँश योजना सम्पन्न भएका छन ।
वडा कार्यालयका अनुसार संञ्चालित ४८ वटा योजनामध्य ३२ वटा योजना सम्पन्न भै अन्तिम भुक्तानी भएको छ । थप १२ वटा योजनाको काम सम्पन्न भएपनि अन्तिम फरफारक हुन बाँकी छन । योजना संशोधन गरिएका ६ वटा योजनाको काम धमाधम भैरहेको छ ।
वडा कार्यालयले चालु आवमा तीन वटा विद्यालयको भौतिक पूर्वाधार, १२ वटा खानेपानी निर्माण/मर्मत, ५ वटा खेलमैदान निर्माण/मर्मत, ५ वटा सडक विस्तार/स्तरउन्नत, आमा समुह तथा सामुदायकी भवन ११ वटा, एउटा वनभोज स्थल, २ वटा पदमार्ग, मन्दीर, कृषी सहकारी भवन, जलाधार संरक्षण तर्फ चौतारी तथा पोखरी मर्मत, संभाव तथा संरक्षण, वाढीपहिरो नियन्क्रणका कार्यत्रम संञ्चालन गरेको थियो ।
‘सवै टुक्रे योजना थिए । १ लाखदेखी ५ लाखसम्म बजेटका । एक दुई अधुरा होलान नत्र सवै योजना सम्पन्न भै समुदाय लाभान्वीत भएका छन’ वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘केही योजनालाई पछि संशोधन गर्नु परेकोले काममा ढिलाई भएको हो । हेर्दा स–साना भएपनि खानेपानी ब्यवस्थापन र आमा समुह/सामुदायीक भवन अति उपयोगी भएका छन ।’
देशभरका स्थानीय सरकारले सडक, ब्यवसायीक भवनका नाममा वलपिपल र चौतारी नास्दै गएको आरोप लागेका बेला बेनी नगरपालिका, ६ ले भने वरपिपल र चौतारी संरक्षणमा काम गरेको छ । चालु आवबाट वेनपा, ६ ले एक्लेपिपल र वतासे वरपिपल तथा चौतारी संरक्षण गरेको छ । त्यसैगरी बेनपा, ६ डम्बरामा वाल उद्यानसहितको वनभोज स्थल निर्माण गरेको छ ।
‘वरपिपल र चौतारी हाम्रा सांस्कृतिक आस्थाका धरोहर मात्र होईनन, पर्यावरणीय रुपमा पनि महत्वपूर्ण छन’ वडाध्यक्ष बानियाँले भने, ‘नयाँ पुस्तामा चौतारी खन्ने र वलपिपल रोप्ने चलन ठप्प छ, भावी सन्ततीलाई चौतारी भनेको यस्तो हुन्छ देखाउन पनि संरक्षण आवश्यक छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
