FLASH NEWS
  • Loading...

प्रधानमन्त्री रोजगार कार्यत्रम प्रभावकारी, कतै सुरु हुँदै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४९३ पटक पढिएको
प्रधानमन्त्री रोजगार कार्यत्रम प्रभावकारी, कतै सुरु हुँदै

म्याग्दी, १३ असार ।

वेरोजगार युवालाई रोजगार बनाउन सुरु गरिएको प्रधानमन्क्री रोजगार कार्यत्रम प्रभावकारी देखिएको छ । कार्यक्रम लागु गरेका मालिका र रघुगंगा गाउँपालिकामा प्रधानमन्क्री रोजगार कार्यत्रमको प्रभाव राम्रो देखिएको छ ।

मालिका गाउँपालिकामा प्रधानमन्क्री रोजगार कार्यत्रमबाट ३० लाख बजेट छ । गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम शर्माका अनुसार कार्यक्रम संञ्चालन गर्दा गापाले योजना छनौटगरी बेरोजगारलाई परिचालन गरी स्थानीय दररेट अनुसार ज्याला दिने र योजनाको प्राविधिकको कार्य सम्पन्न प्रतिवेदनका आधारमा भुक्तानी ब्यवस्था मिलाएको जनाएको छ ।

‘सानो बजेटमा पनि राम्रा काम भएका छन । ठिक योजना छनौट, स्थानीयको उत्साह काम प्रतिको लगावले कार्यक्रम उपलब्धी मुलक भएको छ’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘गाउँपालिकाको बजेटले सम्बोधन गर्न नसकेका तर स्थानीयको अति आवश्यक योजनामा लगानी भएको छ ।’

अर्को रघुगंगा गाउँपालिकाले भने प्रधानमन्क्री रोजगार कार्यत्रमकालागी आएको बजेटमा गाउँपालिकाले २५ प्रतिशत समपुरक कोषबाट लागत साझेदारी/सहलगानी थप गरी कार्यक्रम संञ्चालन गरेको छ । प्रधानमन्क्री रोजगार कार्यत्रममा समुदाय र गाउँपालिकाको अपनत्व समेत बृद्धी गर्न सहलगानी गरेको गापाले जनाएको छ । रघुगंगा गापाले पनि पदमार्ग निर्माण, बाटी पहिरोबाट वस्ती संरक्षण गर्न तटवन्त्री निर्माण, सडक मर्मत, खेलमैदान निर्माणमा खर्च गरेको जनाएको छ ।

‘प्रधानमन्क्री रोजगार कार्यत्रममा गाउँपालिकाले पनि समपुरक कोषबाट २५ प्रतिशत साझेदारी थप गरी कार्यान्वनय गरेका छौं । गापाले माग र प्राथमिकताको आधारमा योजना छनौट गरी प्राविधिकको डिजाईन इष्टिमेट अनुसार काम गर्न लगाईएको छ’ प्रशासकीय अधिकृत रमेश थापाले सुनाए ।

धौलागिरी गाउँपालिकामा खटाईएका रोजगार संयोजक कार्यस्थलमा नपुग्दा काम अगाडी बढेको छैन । कार्यक्रम लागु गर्न गाउँपालिकाले कार्यक्रमको ३० प्रतिशत रकमले ग्याभिन जाली, सिमेन्ट समेतका सामाग्री खरिद गरेर राखेको छ ।

मंगला गाउँपालिकाले प्रधानमन्क्री रोजगार कार्यत्रम संञ्चालन गर्न योजनाहरु छनौट गरेपनि कार्यक्रम अझै सुरु गरेको छैन । मंगला गाउँपालिकाले शुक्रवार बेरोजगार श्रमिकको भेला गरी कार्यक्रम र बजेट भुक्तानीको प्रकृयाबारे ओरिन्टेन गरी कार्यक्रमको सर्तमा सहमत भए आईतवार देखी कार्यक्रम सुरु गर्ने बताएको छ ।

‘प्रधानमन्क्री रोजगार कार्यत्रमबाट त्यसै वेरोजगारलाई भत्ता बाँड्ने रुपमा बुझाई देखिएकोले सूचिकृत वेरोजगारको भेला बोलाई कार्यक्रमको सर्तमा सहमत भएको खण्डमा आईतवारबाट कार्यक्रम सुरु गर्छौं नत्र फिर्ता हुन्छ’ मंगला गापाका प्रशासकीय अधिकृत कृष्ण गौतमले भने, ‘कार्यक्रम संञ्चालन गर्न योजना छानौट, इष्टिमेट गराई तयारी अवस्थामा छौं ।’

अन्नपूर्ण गाउँपालिकाका रोजगार संयोजक कृष्ण गुरुङ्गले काम छोड्नु भएकोले कार्यक्रम अलपत्र परेको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माका अनुसार योजना छनौट भएपनि कार्यक्रम हेर्ने कर्मचारी नहुँदा समस्या आएको र असारभिक्र कर्मचारी नियुत्त गरी काम गर्न असंभव प्रायः छ ।

‘गाउँपालिका भरीको सवै वेरोजगार युवाको तथ्याङ्ढ संकलन गरेका छौं । कार्यक्रम सुरु गर्न प्रशासनीक तथा जनप्रतिनिधी दुवै पक्षबाट तत्परता नहुँदा म हिँडें’ अन्नपूर्ण गाउँपालिकाको रोजगार संयोजक पदबाट राजिनामा दिएपछि कृष्ण गुरुङ्गले भने, ‘अर्को अवसर प्राप्त भएकोले यता राजिनामा दिएको हो तर आफुले गरेको कामको सुरुवात गराउने  तयारीमा थिएँ, अल्झन आयो ।’

बेनी नगरपालिकामा अलपत्र परेको छ । मेयर–कार्यपालिका सदस्यहरु विचको विवादले दुई महिनादेखी कार्यपालिका वैठक वस्न नसक्दा प्रधानमन्क्री रोजगार कार्यत्रमको ४७ लाख रुपैयाँ बजेट बेनी नगरपालिकाले कार्यान्वयन गर्न स्वीकृत गरेको छैन ।

‘नगरप्रमुखले नगरकार्यपालिका मात्र होईन नगर सभा समेत नवोलाउँदा आव ०७६/०७७ को बजेट पनि ल्याउन सकेनौं’ उपमेयर सन्जु वरुवालले भनिन, ‘प्रधानमन्क्री रोजगार कार्यत्रमसमेत अन्य संघिय सरकारका ससर्त अनुदानका कार्यक्रम पनि अलपत्र परेका छन । काम गर्ने क्षमता हुँदाहुँदै बजेट फिर्ता गर्नु पर्ने अवस्था छ ।’

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल