FLASH NEWS
  • Loading...

म्याग्दीका वस्तीमा कुपोषण समस्या

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४८ पटक पढिएको
म्याग्दीका वस्तीमा कुपोषण समस्या

३०, जेठ ।

सदरमुकाम समेत जिल्लाका प्रायः सवै वस्तीमा बालबालिका तथा गर्भवती एवं सुत्केरी महिलामा कुपोषण गम्भीर स्वास्थ्य समस्याको रुपमा पाईएको छ ।

गरिवी, अज्ञानता तथा सेवाको पहुँचमा नपुग्दा बालबालिका, गर्भवती र सुत्केरी महिलामा पोषण तथा प्रयाप्त खाद्यसुरक्षाको कमीले कुपोषणको समस्या ज्यूँका त्यूँ रहेका छन ।

स्वास्थय कार्यालय म्याग्दीले गरेको जिल्लाका सवै स्थानीय तहमा ६ महिनादेखी ५ बर्षसम्मका ६ हजार ४ सय ५९ जना बालबालिकाको पोषण अवस्था सर्वे गर्दा ९७ जना बालबालिका कुपोषित छन । छुट्टै १० जना बालबालिका भने अति कुपोषणग्रस्त छन ।

६ सय ६६ जना सुत्केरी तथा गर्भवतीको पोषण अवस्था अध्ययन गर्दा २९ जना कुषोषणग्रस्त छन । छुट्टै ७ जना सुत्केरी तथा गर्भवती महिला अतिकुपोषणग्रस्त छन ।

स्थानीय तह अनुसार कुपोषणको अवस्था हेर्दा सवैभन्दाबढी धौलागिरी गाउँपालिकाका ९ सय ३६ जना बालबालिकामा पोषण मापन गर्दा ३५ जना कुपोषित र ५ जना अतिकुपोषणग्रस्त रहेका छन । बेनी नगरपालिकामा ३२ जना बालबालिका कुपोषित र २ जना अतिकुपोषित छन । त्यसैगरी १ सय ६५ गर्भवती तथा सुत्केरीको पोषण मापन गर्दा ९ जना जोखिममा र ४ जना कुपोषणग्रस्त छन ।

त्यसैगरी मालिका गाउँपालिकामा १५ जना बालबालिका कुपोषित, १ अति कुपोषित, २ गर्भवती/सुत्केरी जोखिममा र १ जना कुपोषित रहेका छन । रघुंगा गापामा १३ बालबालिका कुपोषणको जोखिममा र २ अति कुपोषित छन । १३ जना सुत्केरी/गर्भवती कुपोषित र ३ जना अतिकुपोषित छन । अन्नपूर्ण गाउँपालिकामा १ बालबालिका र ५ जना गर्भवती/सुत्केरी कुपोषणको जोखिममा छन । पोषण मापनमा सवैभन्दा कम १ जना बालबालिका मात्र कुपोषणको जोखिममा रहेका छन ।

‘हामीले वैशाख २४ देखी जेठ ३ गतेसम्म जिल्लाका सवै ३ सय ७० जना महिला स्वास्थ्य स्वयमसेविका, ३ सय ७० स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय बेनीका कर्मचारीले बालबालिका तथा सुत्केरी/गर्भवतीको पाखुराको नाप लिने पद्धतिबाट पोषण अवस्था मापन गरेका हौं’ स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले भने, ‘पोषण मापन सर्वे घरदैलोमा पुगेर सतप्रतिशतमा पुगेका होईनौं तर सकेसम्म सानो टोलवस्तीमा पुगेर, सकेसम्म सवै लक्षित समुदायलाई सहभागी गराएका छौं । सकेसम्म अधिक सत्यताको नजिक छौं भन्ने हाम्रो दावि छ ।’

कुपोषित बालबालिका, सुत्केरी तथा गर्भवतीको नाम, ठेगाना र सम्पर्क नम्बरसहतिको पोषण मापन प्रतिवेदन सवै स्थानीय तहमा स्वास्थ्य संयोजक मार्फत पुर्‍याउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रतिवेदन प्राप्त गरेपछि सवै स्थानीय तहले आफ्नो बजेट तयारीमा स्वास्थ्यको कार्यक्रममा चासो राख्ने विश्वास कार्यालयको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल