FLASH NEWS
  • Loading...

बेनी नगरपालिका भाँडभैलो, मेयर–सदस्य बोलचाल वन्द

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३५३ पटक पढिएको
बेनी नगरपालिका भाँडभैलो, मेयर–सदस्य बोलचाल वन्द

म्याग्दी, १३ जेठ ।

बेनी नगरपालिकामा साविकका श्रोत ब्यक्तिलाई निरन्तरता दिने र फेर्ने विषयमा मेयर र सदस्यहरु विच स्वार्थ बाझिएपछि भाँड भैलो मच्चिएको छ । मेयर हरीकुमार श्रेष्ठ र कार्यपालिकाका सदस्यहरु विच वोलचाल समेत बन्द छ ।

सरकारले साविकका श्रोत केन्द्र खारेज गरी श्रोत ब्यक्तिलाई सम्बन्धीत विद्यालयमा पठाई स्थानीय तहलाई अनुकुल ब्यवस्था गर्न भनेको थियो । सोही अनुसार बेनी नगर कार्यापालिका बैठकमा साविकका श्रोत केन्द्र यथावत राख्ने नराख्ने र कर्मचारी ब्यवस्थापन गर्न वैठकमा एजेण्डामा अडान बाझिएका हुन ।

मेयर श्रेष्ठले साविकका प्रकाश मावि श्रोत केन्द्रका मोहन बानियाँ, अर्जुन माविका दुर्गाराम सुवेदी र धौलागिरी श्रोत केन्द्रका केशवराज रेग्मीलाई नै निरन्तरता दिने अडान र सदस्यहरुले हेरफेर गर्नु पर्ने अडान राखेका थिए ।

बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठले मौखिक रुपमा स्थगित गरेको वैठकलाई बहुमत सदस्यले निरन्तरता दिई अनुकुल निर्णय गराएपछि ‘नोट अफ डिसेन्ट’ लेखेका छन । बेनी नगरपालिकाको ४४ औं वैठकमा साविकका श्रोत ब्यक्तिलाई निरन्तरता दिने र फेरवदल गर्ने विषयमा कार्यपालिका सदस्यसँग बाझाबाझपछि मेयर श्रेष्ठले ‘बैठक स्थगित’ भयो भन्दै बैठक कक्षबाट हिँडेका थिए । मेयरले वैठक छोडेपछि उपमेयर सन्जु बरुवालसमेत कार्यपालिका सदस्यले  विवादित एजेण्डामा आफु अनुकुल निर्णय गरेका थिए ।

‘एउटा एजेण्डामा मत बाझिएपछि फेरी वस्नेगरी मैले बैठक स्थगित गरी बाहिरिएको हुँ । तर म बाहिरिएपछि बहुमत सदस्यहरुले मेरै अध्यक्षतामा बैठक निरन्तरगरी विवदास्पद एजेण्डामा निर्णय लिएपछि मैले नोट अफ डिसेन्ट लेखेको हुँ’ मेयर हरीकुमार श्रेष्ठले भने, ‘म अनुपस्थित बैठक मेरै अध्यक्षतामा संञ्चालन गरिनु गैहृकानुनी भएकोले नोट अफ डिसेन्टमा ‘गैहकानुनी निर्णय कार्यान्वयन नगर्नु नगराउनु’ भनी प्रशासकीय अधिकृतलाई निर्देशन लेखेको हुँ ।’

मेयर अनुपस्थित बैठकले भने श्रोत केन्द्र घटाएर दुई वटामा कायम गर्ने र मोहन बानियाँ र जयराम सुवेदी नगर शिक्षा शाखामा ब्यवस्थापन गर्ने निर्णय गरेको थियो । साविक धौलागिरी श्रोत केन्द्रका केशव रेग्मी सकृय श्रोत ब्यक्ति छुटेको भएपनि अर्जुन मावि श्रोत केन्द्रका दुर्गराम सुवेदीले राम्रो काम नर्ग नसकेको आरोप छ ।

बेनी नगर कार्यासमितिमा मेयर श्रेष्ठ काँग्रेस, उपमेयर सन्जु बरुवाल राप्रपा र बाँकी सवै कार्यपालिका सदस्यहरु नेकपाका छन । साविक एमालेको समर्थनमा विजयी उपमेयर बरुवालले समेत बहुमत सदस्यको साथ दिएपछि मेयर श्रेष्ठ नगरपालिकामा एक्ला छन । मेयर श्रेष्ठले बेनी नगरपालिकामा अत्याचार मात्र होईन चरम दमन सहनु परेको गुनासो गर्ने गरेका छन ।

‘बेनी नगरकार्यपालिकामा असमझारीले वैठक स्थगित छ । नगर योजना तर्जुमाका गर्ने कार्यक्रम र केही आर्थिक अनुदानका एजेणहरु प्रभावित भएका छन’ बेनी नगरपालिकाका सूचना अधिकृत विमल रन्जन कार्कीले भने, ‘नियमति काम बाहेक वडातहबाट योजना छनौट गर्ने काम भने निरन्तर नै चलाएका छौं ।’

स्थानीय सरकार संञ्चालन ऐनको दफा १७ उपदफा ४ (३)मा ‘तत्काल कायम रहेका सदस्यको बहुमत सदस्यबाट गरेको निर्णय कार्यापालिका निर्णय हुने’ भन्ने उल्लेख भएपनि बेनी नगरपालिका वैठक संञ्चालन कार्यविधीमा ‘अध्यक्ष समेत बहुमत सदस्यले गरेको निर्णय कार्यापालिकाको निर्णय हुने’ उल्लेख छ ।

‘नगर शिक्षा शाखामा थप कर्मचारी ब्यवस्थापन गर्ने एजेण्डमा कार्यपालिका वैठकमा असमझदारी उत्पन्न भएपछि वैठक स्थगित भएको हो’ बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव विष्णु पराजुलीले भने, ‘कानुनी अल्झन सुल्झाउन संघिय मामिला मन्त्रालयमा लिखित राय मागेका छौ ं।’

उपसचिव पराजुलीका अनुसार नगर शिक्षा शाखामा कर्मचारी अभावले शिक्षाका काम पुरै प्रभावित भएका छन । शाखामा भएका एक जना शाखा अधिकृत विश्व रेग्मीको संघमा सरुवा भएको, साविकका श्रोत ब्यक्ति फिर्ता भएकोले शिक्षाका काम रोकिएका छन । तत्काल कर्मचारी ब्यवस्थापन नगरे शिक्षा क्षेत्रको काम अस्तब्यस्त हुने अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल