Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा पहिलो शैक्षिक महोत्सव हुने

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३८६ पटक पढिएको
म्याग्दीमा पहिलो शैक्षिक महोत्सव हुने

म्याग्दी, ७ जेठ ।

‘शिक्षा, विज्ञान, प्रविधी, काला र साहित्यको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नारा सहित यहाँको एक सामुदायीक माध्यामिक विद्यालयको अगुवाईमा जिल्लामा पहिलो शैक्षिक महोत्सव हुने भएको छ ।

शैक्षिक महोत्सवमा विद्यालय स्तरिय कविता, हाँजिरी जवाफ, वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएका छन । छुट्टै जिल्लाभरका सवै ६३ वटै माध्यामिक विद्यालयको सहभागीता रहने महोत्सवमा शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधीसँग सम्बन्धीत शैक्षिक सामाग्री निःशुल्क प्रर्दशनीमा राखिने छन । अन्वेषण मुलक प्रतिभाको पनि महोत्सवमा प्रर्दशनी गरिने छ ।

‘हाम्रा महोत्सव मदिरामय रसरङ्गको थलो बनेका छन । हामी परिवर्तन चाहन्छौं । पासपोर्ट हातमा बोकेर विदेश हिंड्न ठिक्क युवालाई रोक्न चाहन्छौं, स्कुलमा अध्ययन गरिरहेका युवाविद्यार्थीको मनमा गाउँका स्कुलमा पढेर पनि सफल हुन सकिन्छ भन्ने उत्प्रेरण भर्न चाहन्छौं’ आयोजक जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले भने, ‘महोत्सव नाफाघाटाको हिसाव गर्ने थालोबाट समाज रुपान्त्रणको माध्यम र शैक्षिक गुणस्तर सुधार गर्ने थलोको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।

बेनी नगरपालिका, ६ जामुनाखर्क माध्यामिक विद्यालयले आगामी जेठ १५–१८ गतेसम्म आयोजना गर्न लागेको प्रथम शैक्षिक महोत्सवमा गाउँठाउँमा लुकेका खोज, अनुसन्धानमुलक तथा अन्वेसणात्मक प्रतिभा प्रर्दशनी गरिने छ । शैक्षिक महोत्सवमा राखिने सवै शैक्षिक तथा प्रतिभा प्रर्दशनीका स्टल आयोजकले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

शैक्षिक प्रर्दशनीको मुख्य आर्कषणको रुपमा प्रेरक ब्यक्तित्वबाट मोटिभेसनल क्लासलाई राखिएको छ । ‘हामी देशमै गर्न सक्छौं’ भन्ने ब्यानरमा गरिने मोटिभेसनल क्लासमा विद्यार्थी बाहेक स्थानीय युवाहरुलाई समेत समावेश गराईने छ । जिल्लाका सामुदायीक तथा निजी विद्यालयमा अध्ययनगरी देशका विभिन्न क्षेत्रमा ख्याती आर्जन गरेका प्रा.डाक्टरहरु, कृषी, विज्ञान समेतका क्षेत्रमा सकृय बैज्ञानिक, डाक्टर, पाईलट, उच्च पदस्थ अधिकारीहरु, विभिन्न क्षेक्रमा देश विदेशमा ख्याती आर्जन गरेका ब्यत्तित्वबाट आफ्ना अनुभव ब्यक्ति गर्ने छन । ‘समृद्धिका लागी शिक्ष’ भन्ने विषयमा छुट्टै वहस कार्यक्रम संञ्चालन गरिने आयोजकले जनाएको छ ।

शैक्षिक महोत्सव तथा महोत्सवका कुनै पनि कार्यक्रम र प्रतियोगितामा सहभागी एवं विद्यालयलाई कुनै शुल्क राखिएको छैन । प्रतियोगिता, अप्रतियोगिताका एवं महोत्सवमा सहभागीहुन आउने विद्यालय र तोकिएका विद्यार्थीलाई खाजाको ब्यवस्था आयोजकले गरेको छ । प्रतियोगितामा आर्कषक पुरस्कार ब्यवस्था गरिएको छ । शैक्षिक महोत्सव गर्न स्थानिय वेनी नगरपालिका, ६ वडा कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको छ । अपुग हुने खर्च जिल्लाका विभिन्न शैक्षिक क्षेत्रमा सकृय संघसंस्थामा सहयोग मागिने आयोजक जामुनाखर्क माविले जनाएको छ ।

‘कविता तथा वक्तृत्वकला प्रतियोगिताका पहिलो दोस्रो र तेस्रोले क्रमश ः ५, ३ र २ हजार, हाजिर र जवाफ प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोनालाई १२, ९, ६ र ३ हजार नगदसहित प्रमाण पत्र पुरस्कार ब्यवस्था गरेका छौं’ शिक्षक मदन सुवेदीले भने, ‘हाँजिरी जवाफ प्रतियोगिता नयाँ शैलिमा संञ्चालन गरिने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल