Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

परिक्षाको इज्जत राख्नुस्, क्याम्पसको इज्जत आफै बढ्छ– प्रा. त्रिपाठी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४३९ पटक पढिएको
परिक्षाको इज्जत राख्नुस्, क्याम्पसको इज्जत आफै बढ्छ– प्रा. त्रिपाठी

म्याग्दी, २६ वैशाख ।

मुलुकको जेठो त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले परिक्षाको इज्जत राख्न सके कलेजको र प्राज्ञिक क्षेत्रको इज्जत बढ्ने बताएकी छिन ।

बुधवार साँझ म्याग्दी क्याम्पसमा आयोजित त्रिवि पदाधिकारी, क्याम्फस संञ्चालक समिति तथा शिक्षक, कर्मचारी विचको अर्न्तक्रिया कार्यत्रममा वोल्दै शिक्षाध्यक्ष त्रिपाठीले भनिन, ‘परिक्षाको इज्जत घट्दा कलेजहरुको इज्जत घट्छ, नैतिक चेतना कमजोर हुँदा प्राज्ञिक क्षेत्रको नैतिकता गुम्छ । समाजको विश्वास र सम्मान गुम्छ ।’

प्रा.त्रिपाठीले राजधानी र देशक ठूला शहरका कतिपय कलेजको भन्दा म्याग्दी क्याम्पसको परिक्षा तथा शैक्षिक गुणस्तर राम्रो फाएकोमा खुसी समेत ब्यक्त गरिन ।

क्यूएए कार्यत्रममा गुणस्तर प्राप्त गर्न संघर्षरत म्याग्दी क्याम्पसले त्रिवि अन्तगतका क्याम्पसहरुमा संञ्चालन हुने परिक्षा प्रणाली, शिक्षण तथा नतिजाको गुणस्तर औषतमा राम्रो मानिएको छ । म्याग्दी क्याम्पसमा संञ्चालन हुने सवै तहको परिक्षाको बाहृय सुपरिवेक्षक खटाई अनुगमन गर्दै आएको त्रिवि यस बर्षदेखी सुपरिवेक्षक हटाउन लागेको छ ।

‘म्याग्दी क्याम्पसको परिक्षाको गुणस्तर, भौतिक तथा शैक्षिक वातावरण र परिक्षाफलको गुणस्तरबाट त्रिवि सन्तुष्ट छ । त्रिवि सँधै बाहृय सुपरिवेक्षक पठाईरहनु पर्छ भन्ने पक्षमा छैन’ सहपरिक्षा नियन्त्रक अर्जुन भण्डारीले भने, ‘अव परिक्षाको इज्जत र नैतिकता जोगाउने जिम्ममा क्याम्पसलाई नै सुम्पन चाहन्छौं । यसै वर्षदेखी सुपरिवेक्षक नखटाऊन सकिन्छ ।’

अर्न्तक्रिया कार्यत्रममा उपप्रध्यापक गोरख जिसीले क्याम्पसले क्युएए कार्यक्रममा गरिरहेको काम र क्याम्पस प्रमुख टिकाराम सापकोटाले समग्र क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था बारे जानकारी गराएका थिए । उपप्रध्यापक तारानाथ शर्माले त्रिविले परिक्षाको सुपरिवेक्षण भन्दा कक्षा कोठा र शिक्षण पद्धतिमा गहन सुपरिवेक्षण तथा नियमन गर्न सुझाए ।

‘म्याग्दी क्याम्पस क्यूएए सर्टिफाईड हुन तोकिएका मापदण्ड पुरा गर्दै अन्तिम चरणमा छौं । सर्टिफिकेट लिन मात्र होईन क्याम्पसमा विद्यार्थीको ड्रपआउट रोक्न र विद्यार्थी, अभिभावकको विश्वास तथा शैक्षिक गुणस्तर र स्पीडलाई टिकाउनु पर्ने नैतिक चुनौति हामी सामु छ’ कार्यक्रमका अध्यक्षता गरेका क्याम्पस संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीले भने, ‘क्याम्पसमा संञ्चालन हुने परिक्षाको अनुगमन गर्न बाहृय सुपरिवेक्षक नखटाउने खवरले हामीलाई थप नैतिक तथा ब्यवहारिक चुनौति थपिएको छ । हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल