FLASH NEWS
  • Loading...

नेकपा म्याग्दीद्धारा नेताद्वय प्रति श्रद्धान्जली

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३९४ पटक पढिएको
नेकपा म्याग्दीद्धारा नेताद्वय प्रति श्रद्धान्जली

नेकपा म्याग्दीले पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संघिय सरकारका संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री रविन्द्र अधिकारी प्रति श्रद्धान्जली अर्पण गरेको छ ।

आईतवार विहान नेकपाको बेनी नगरपालिका, २ हाँडेभिर स्थित कार्यालयमा श्रद्धान्जली सभागरी १ मिनेट मौनधारणपछि स्वर्गिय नेताद्वयको तस्वीरमा मार्ल्याणपण गरिएयो । नेता द्वयको श्रद्धान्जली सभामा नेकपा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द नेपालीको सहभागिता रहेको थियो ।

पूर्व उपप्रधानमन्त्री भरतमोहनको शनिवार काठमाण्डौमा उपचारक्रममा मृत्यु भएको हो भने पर्यटन मन्त्री रविन्द्रको गत बुधवार ताप्लेजुङको पाथीभरा नजिक हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको थियो ।

पूर्व अर्थमन्त्री अधिकारीले कम्युनिष्ट सरकार आए ६० बर्ष माथीका नागरिकलाई गोली हानी मार्छन भन्ने चर्को अपवाहका विच बृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रमबाट सोझै गाउँमा बजेट पठाउने निर्णयगरी लोकप्रिय बनेका थिए । जुन कार्यक्रम कहिल्यै विपक्षले काट्न सकेनन ।

त्यसैगरी युवा नेता रविन्द्र अधिकारी सभासद भएयता प्रायः ओझेलमा परेको विकास समितिलाई सकृय बनाई देशको विकास मोडेलमा ब्यपाक सुधार गर्नुकासाथै पर्यटन मन्त्री भएपछि देशको त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल समेत देशका विमान स्थल ब्यवस्थापन सुधार गर्ने, बन्द विमान स्थल संञ्चालनमा ल्याउने र पर्यटन क्षेत्रमा ब्यापक सुधार गरी देशवासीलाई आशाको दियो जलाई रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल