FLASH NEWS
  • Loading...

म्याग्दीका चारवटा एनसेल टावरमा क्षति

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४६९ पटक पढिएको
म्याग्दीका चारवटा एनसेल टावरमा क्षति

अज्ञात समुहले शुक्रवार राती निजी क्षेत्रको दुरसंञ्चार प्रदायक संस्था एनसेलका चार वटा रिपिटर टावरमा आगो लगाई दिएको छ । आगोलागीबाट टावरमा आगोले क्षति पुगेपछि एनसेलको मोवाईल सेवा अवरुद्ध छ । 

अज्ञात समुहले एनसेलको बेनी नगरपालिका, ३ भकिम्ली सेले, मंगला गाउँपालिका, ३ बरंजा झाँक्रेपानी, रघुगंगा गापा, ५ झिंको टोड्के र मालिका गापा, १ निस्कोट स्थित रिपिटर टावरमा आगो लगोलगाई क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

‘शुक्रवार राती जिल्लाका छुट्टाछुट्टै चार स्थानका एनसेल टावरमा आगो लगाई क्षति पुर्‍याएकोले संञ्चार सम्पर्क विच्छेद भएको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रहेका प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले भने, ‘माओवादीले आगो लगाएको आशंका छ, खोजी र अनुसन्धान भैरहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित