FLASH NEWS
  • Loading...

निर्माण ब्यवसायी संघमा पुनःजिसी निर्वाचित

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३७६ पटक पढिएको
निर्माण ब्यवसायी संघमा पुनःजिसी निर्वाचित

निर्माण ब्यवसायी संघ म्याग्दीको १० औं अधिवेशनबाट नारायण जिसी पुनःअध्यक्ष निर्वाचित भएका छन ।

पूर्व अध्यक्षसहित असन्तुष्ट पक्ष निर्वाचन प्रकृयामा सहभागी नभएपछि निर्वाचन आयोगले जिसी नेतृत्वमा १७ सदस्यीय कार्यसमितिलाई निर्विरोध घोषणा गरेको हो । संघको  वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षद्धय मनोज कार्की, तमबहादुर चोचाङ्गी, महाँसचिवमा अमृत श्रेष्ठ, सचिव दिनेश केसी र कोषाध्यक्षमा प्रकाश बानियाँ निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यमा कुसल पौडेल, महेन्द्र आचार्य, गोपाल पौडेल, रेशम पुन, पवन मल्ल, कृष्ण बरुवाल, नारायण बराल, कुशल घर्ती। निरज भण्डारी र श्यामसुन्दर कँडेल निर्विरोध निर्वाचित भएका छन ।

संघको विधान ०४८ को दोस्रो संशोधन०७५ को दफा १३ अनुसार प्रकाशित निर्वाचन कार्यातालिकामा आवश्यक मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त ठहरबहादुर भण्डारीले बताए ।

गत माघ ३ गते उद्घाटन गरिएको अधिवेशनमा विधानको विषयलाई लिएर असन्तुष्ट पक्ष सहभागी नभएपछि संघको विधान संशोधनगरी प्रशासन कार्यालयबाट स्वीकृत गराउने र असन्तुष्ट पक्षलाई समेल गर्न पहल गर्ने गरी माघ १९ गतेकालागी स्थगित गरिएको थियो । शनिवार दुवै पक्षले एक÷अर्कोको अस्तित्व अस्वीकार गरेपछि आईतवार विहान निर्वाचन कार्यक्रम तय भएको थियो ।

‘विधानको अस्पष्टताले निम्त्याएको विवाद अव सुल्झेको छ । निर्वाचन प्रकृयाबाट बाहिर रहेका सवै साथीहरुलाई समेटर संस्था चलाउँछु’ निर्वाचित भएपछि प्रतिवद्धता ब्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष जिसीले भने, ‘गुणस्तरिय निर्माण मार्फत राष्ट्र निर्माण गर्न साना ब्यवसायीलाई समेत आर्थिक रुपमा सवल बनाउन निर्माण सहकारीको अभ्यास गर्ने छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल