FLASH NEWS
  • Loading...

फेरिदै ब्यापार शैली

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५४९ पटक पढिएको
फेरिदै ब्यापार शैली

डोजर अगाडी लगाएर उपभोक्ता समिति भीरपाखोमा बाटो खन्दै छन । पीक अप बोलेरो, ट्याक्टर र मिटी ट्रक खाद्यान्न र मदिरा बोकेर पछिपछि छन ।

अन्नपूर्ण गाउँपालिका, ५ मा पाउद्वारमा अघिल्लो बर्षदेखी मोटर बाटोसँगै ट्याक्टर र पीक अप बोलेरो खाद्य सामाग्री बोकेर वस्ती उक्लेका छन । रघुगंगा गाउँपालिका, ७ चिमखोला र ८ मंगलेमा पनि ट्याक्टर पुगेका छन । लामो, घुमाउरो र अप्ठ्यारो मात्र होईन हिउँदमा तुसारो र हिउँले र बर्खा झरीले सडक हिलाम्मे हुने भएकोले यात्रु बाहक गाडी भने पुग्दैनन । मालबाहक गाडी मात्र जान्छन ।

पाउद्वार, चिमखोला र ख्यासीखर्कमा मात्र होईन, जिल्लाका अधिकांश हिउँदे सडक जोडिएका वस्तीमा सहरबाट गाडीमा खाद्यान्न, लत्ताकपडा र मदिरा बोकेर ब्यापारी उपभोक्ताको दैलौ मै पुग्न थालेका छन । र गाउँलेहरु डोका र बोरा बोकेरै ‘सडक पसल’ मा ओईरिएका छन ।

गाउँमा सडक विस्तारसँगै ब्यापार शैली फेरिएको छ । पहिला ग्राहक ब्यापारी खोज्दै शहर झर्थे । अहिले ब्यापारी गाडीमा सामान बोकेर ग्राहकको दैलो पुग्दैछन । बेनी, तातोपानी, पोखरे, दरवाङका किराना, खाद्यान्न, तरकारी, भाँडा, र कपडा व्यापारी गाडीमा सामान बोकेर ग्राहक खोज्दै वस्ती उक्लेका छन । ब्यापारी गाउँ उक्लेपछि सदरमुकाम बेनीसमेत मुख्य बजारमा मन्दी आउन थालेका छन ।

‘मोटरबाटो पुगेपछि तुलनात्मक सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री पुग्न थालेपछि ग्रहक हौसिएका छन । व्यापारमा वृद्धि भएको छ’ ब्यवसायी उत्तम कर्माचार्यले भने, ‘अधिकांश व्यापारीले आफ्नै गाडीबाट सामान ढुवानी गर्छन् । प्रतिस्पर्धा बढेकोले गाउँमा सदरमुकामकै मुल्यमा विक्रि गर्नु पर्छ ।’

‘गाउँमा खाद्यान्न बोकेर ट्याक्टर/बोलेर आएपछि खाना पकाउने एलपी ग्याँसको प्रति सिलिण्डर चार सय ५०, चामल प्रतिवोरा (२० केजी) तीन सय र खानेतेल प्रति लिटर १० रुपैयाँ सस्तो परेको छ’ अन्नपूर्ण गापा, ५ पाउद्वारका गमबहादुर रोकाले भने, ‘खाद्यान्न र मदिरा बोकेर आउने गाडीले फर्कदा आलु, सिमी तथा तरकारी बोकेर फर्कन्छन । तर आउने वस्तु धेरै सहर लैजाने उत्पादन भने थोरै ।’

ग्रामिण वस्तीसम्म सडक विस्तारपछि परम्परागत ढुवानीका माध्यम खच्चडलाई विस्थापित गर्दै ब्यवसायी तथा निजी प्रयोजनका गाडीहरु जस्तै, ट्याक्टर, मिनी ट्रक र पीकअप भ्यान, हाईलक्स, जीपमा आर्कषण बढेको छ । अरुको गाडीमा सामान ढुवानी गर्दा पालो कुर्नेपर्ने र भनेको समयमा पुर्‍याउन नसक्ने झन्झटले मझौला तहसम्मका ब्यवसायी गाडीमा आकर्षित भएका हुन ।

ठुला ब्यापारि र यातायात ब्यवसायी मात्र होईनन् गाउँका तरकारी तथा दुध उत्पादक कृषकहरु समेत परम्परागत डोके ब्यापार छोडेर गाडीमा उत्पादन बजार पुर्‍याउन थालेका छन । ग्रामीण क्षेत्रमा उत्पादित दूध, आलु, तरकारी बजारमा ल्याउन पीकअप भ्यान बढी प्रचलनमा छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल