- Loading...
सडक पुगेपछि फस्टायो सुन्तला खेती
- पुनहिल डट कम
- ६ साल अघि
- ४४५ पटक पढिएको

ग्रामिण वस्तीसम्म सडक पहुँच सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । भनिन्छ, सडक पुग्न गाहे, पुगेपछि अन्य विकासका पूर्वाधार पछ्याउँदै आउँछन ।

वारीसम्म मोटरबाट पुगेपछि ब्यापारी हात–हातमा पैसा बोकेर सुन्तला खोज्दै कृषकको दैलोमा पुग्न थालेका हुन । बारीमा रोपेका सुन्तलाले हातमै पैसा आउन थालेपछि यहाँका कृषकको परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको हो ।
‘मोटरबाटो आयो धुलो मात्र उडाउने, गाडी चढ्न पाईने होईन भन्ने लाग्थ्यो, होईन रहेछ, गाउँघरका बारीमा फलेका फलफुल र कृषी उत्पादनलाई बजारसम्म पुर्याउने र दुई पैसा कमाउने गज्जवको माध्यम पनि रहेछ’ बेनी नगरपालिका, ३ भकिम्लीका राजु पुनले अनुभव सुनाए ।

ग्रामिण सडक उत्पादनशील हुनु पर्छ । नगद आम्दानी विना जीवनस्तर उकासिन सक्दैन । सडक भए यातायात चल्छ, ढुवानी सहजहुँदा गाउँको उत्पादन बजार पुग्छ, दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा दैलोमा आईपुग्छ । सडक दैलोमा पुगेपछि म्याग्दीका कृषकले सुन्तलालाई ब्यवसायीकरण गर्ने प्रयत्न थालेका हुन ।

‘कृषी ज्ञान केन्द्र सुन्तला जोन कार्यालयको अभिलेख अनुसार म्याग्दीमा तीन सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । यो बर्ष ३३ हजार ब्यवसायीक बोटबाट तीन हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ । थप २० हजार सुन्तलाका बोट उत्पादन तयारीमा छन । १६ हजार विरुवा नर्सरीमा छन ।

सुन्तलाको पकेट क्षेत्र मानिएका दाना, घार, दोसल्ले, पिप्ले, महभिर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, मरेक, बरंजा, फुलवारी, बिम, ताम्ला दोवा, भगवती, देविस्थान, ओखरबोट लगाएतका गाउँलाई सुन्तलाको बगैचको रुपमा विकास गर्न लागेको हो । सुन्तलाको बगैचा वस्ती सवैमा हिउँदे सडक जोडिएका छन ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
