FLASH NEWS
  • Loading...

बालिका बलत्कार प्रयास गर्ने पक्राउ

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४३० पटक पढिएको
Post Thumbnail

धौलागिरी गाउँपालिका, ७ धारापानीमा एक १३ बर्षिया बालिका बलत्कार प्रयास आरोपमा सोही ठाउँका २२ बर्षिय युवक पक्राउ परेका छन ।

सोमबार राती १० बजेतिर आमाछोरी मात्र भएको घरमा प्रवेशगरी १३ बर्षिया बालिकालाई बलत्कार गर्ने खोज्न नामथर नखुलाईएका स्थानीय २२ बर्षिय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवा विरुद्ध प्रहरीमा किटानी जाहेरी परेपछि बुधवार नै जर्वजस्ती करणी उद्योगमा मुद्धा दायरगरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘बालिका/किसोरी बलत्कार प्रयास गरेको जाहेरीको आधारमा एक जना युवालाई पक्राउ गरी अनुसन्धान प्रकृया सुरु गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रामप्रसदा पाण्डेले भने, ‘बालिकाको नाजुक पारिवारिक परिस्थितीको लाभ लिन खोजेको देखिन्छ ।’

आमाले कान नसुन्ने र मुख नवोल्ने भएकोहुँदा यी छिमेकी राती घर प्रवेशगरी हातपात गर्दा बालिका चिच्चाएपछि आरोपी भागेको स्थानीयले बताए । आफन्तहरुका अनुसार पिडित बालिकाले बलत्कार गर्न आउने युवा पहिचान गरेकोले प्रहरीमा कटानी जाहेरी दिईएको छ ।

जिल्ला प्रहरी कार्यालयका अभिलेल अनुसार ०७५ साउन यता जर्वजस्ती करणीका ४ वटा, जर्वजस्ती करणी उद्योगका ५ वटा र वालयौन दुरुपयोगका एक थानसमेत १० थान मुद्धाका जाहेरी दर्ता भए । त्यसमध्य ९ वटा थान मुद्धा अदालतमा दर्तागरी सवै घट्नामा आरोपीत पूर्पक्षकालागी थुनामा छन । बाँकी बुधवार दर्ता भएको मुद्धाको अनुसन्धान सुरु भएको छ ।

‘बलत्कारका घट्ना बर्षेनी बढ्दो छ । अधिकांश पीडित छिमेकी र चिनजानकै मान्छेबाट बलात्कृत भएका छन’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरबहादुर बुढाले भने, ‘पीडित अधिकांश २५ बर्ष मुनीका र आरोपितहरु ४५–५० बर्षमाथीका छन ।’

जिल्ला अदालतको अभिलेख अनुसार अघिल्लो आर्थिक बर्षमा एक जना हाड नाता करणीसहित १८ जना युवतीहरु पाका उमेरका आफन्त र परिचितबाट बलात्कृत भएका थिए । बलत्कार मुद्धा दायरभएका १८ थान मुद्धामध्य १३ वटा बलत्कारका घट्नामा दोषी करार भएका छन । बाँकी ५ थान बलत्कारका मद्धाका आरोपी पूर्पक्षकालागी थुनामा छन ।

पछिल्ला ५ बर्षमा बलत्कारका घट्ना बढ्दै गएको छ । ०६९ मा ६ वटा, ०७० मा ८ वटा, ७१ मा १२ र ०७२ सालमा १० वटा, ७३ मा १३ थान बलत्कारका मुद्धामा फिराद फिराद परेको अदालतको अभिलेख छ । सवै बलत्कारको घट्नाका दोषी पक्राउ परेका छन ।

‘धेरै बलत्कारका घट्नामा रक्षक नै भक्षक भएको देखिन्छ । हेर्दा पाको उमेरको भद्र देखिने पुरुषले साविती बयान गर्छन’ जिल्ला न्यायाधिस राजकुमार कोईरालाले भने, ‘केहीे वयस्क सहमतिमा यौन सम्पर्कपछि बलत्कार प्रयासको आरोप गराउने पनि छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल