FLASH NEWS
  • Loading...

सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ निर्माण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३३४ पटक पढिएको
सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ निर्माण

चीनकै सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ को निर्माण सम्पन्न भएर संचालनमा आएको छ। निर्माण सुरु गरिएको चार वर्षमै ताल मुनिबाट निर्माण गरिएको ‘अन्डरवाटर हाइवे टनेल’ को काम सकिएर सवारीसाधनहरु संचालनमा ल्‍याइएको हो।

सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनीबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त ‘अन्डरवाटर’ सुरुङ राजमार्ग लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ।

करिब १.५६ बिलियन डलरमा यो योजना निर्माण सम्पन्न भएको हो। ४९.९ किलोमिटर लामो चाङझाउ-उसी राजमार्ग अन्तर्गत यो सडक पर्छ।दुई तर्फी टनेल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको थियो। टनेलमा १७.४५ मिटर चौडाइको ६ लेनको सडक निर्माण भएको छ।

टनेलको सिलिङमा एलइडी लाइटहरु जडान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित