FLASH NEWS
  • Loading...

नेपाली पर्यटकको नसुध्रेको वानी ‘गाडी भित्र खाने, झालबाट फाल्ने’

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २६९ पटक पढिएको
नेपाली पर्यटकको नसुध्रेको वानी ‘गाडी भित्र खाने, झालबाट फाल्ने’

हिमालपारीको मुस्ताङ्गका पर्यटन ब्यवसायीले नेपाली पर्यटकको सरसफाई र पर्यावरण संरक्षण गर्ने वानी सुध्रिन नसकेको गुनासो गरेका छन ।
फोहोर संकलनमा जुटेका मुस्ताङ्का सरकार र ब्यवसायी भन्छन, नेपालीहरुको घुमघाम गर्ने संस्कृति बढेपनी सरसफाई सभ्यता सिक्न बाँकी देखियो । ‘गाडी भित्र खाने र झलबाट बाहिर फाल्ने’ नेपाली पर्यटकको असभ्य स्वभावले मुस्ताङका सडक किनारा, पर्यटकीय तथा धार्मिक गन्तब्य क्षेत्र बढी फोहोर भएको उनीहरुको गुनासो छ ।
‘हामीले एक दिन फोहोर उठाउँछौं । तर धार्मिक तथा पर्यटकीय गन्तब्यलाई सुन्दर राख्न भने पर्यटकहरु आफैले सभ्यता सिक्नु पर्छ’ लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले भने, ‘फोहोरमैला ब्यवस्थापनमा भने हामी स्थानीय सरकार र ब्यवसायी मिलेर लाग्छौं ।’
विश्वव्यापी तापक्रम वृद्धी र जलवायु परिवर्तनले हिमाली जिल्ला मुस्ताङ्गको कृषी, पर्यटन, जैविक विविधता, धार्मिकसाँस्कृतिक पर्यावरणमा प्रतिकुल असर पुगेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै उनीहरुले खाएर फालेका चाउचाउ, विस्कुट, चिप्स, कुरकुरे, पानीका बोटल समेत फोहोरले मुस्ताङ्गका सडक किनारा, सडकका भ्यूपोईन्ट, धार्मिक तथा पर्यटकीय गन्तब्य प्रदुषित भएपछि हालै यहाँ गाउँपालिकाहरुले कोरलादेखी घाँसासम्म संयुक्त रुपमा सरसफाई अभियान चलाएका थिए ।
‘धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाईले सौन्दर्य जोगाउने मात्र हैन, जलवायु क्षतिको न्यूनीकरणमा पनि सरसफाई अभियानले योगदान दिने छ ।’ विष्टले सुनाए ।
लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टका अनुसार अनुसार अभियानमा संकलन भएको फोहोरमैलाई सिसाजन्य, रिसाईकलन गर्न मिल्ने र नमिल्ने प्लास्टिकजन्य र कुहिने फोहोर छुट्टाएर ब्यवस्थापन गर्ने योजना रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल