FLASH NEWS
  • Loading...

कोहोलपुर नगरपालिकाले गर्‍यो कर्णाली प्रदेशमा गाभिने निणर्य

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
कोहोलपुर नगरपालिकाले गर्‍यो कर्णाली प्रदेशमा गाभिने निणर्य

प्रदेश नम्बर पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको सोमबार सार्वजनिक गरिएको हो।

राज्य पुनर्संरचनाअनुसार बाँकेलाई प्रदेश नम्बर ५ मा राख्नु नै गलत भएकाले नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामीलाई प्रदेश पाँचमा राखेर पहिलो गल्ति गरियो। अब राजधानी पनि उता रुपन्देही हुने भएपछि त्यो हाम्रो लागि अपायक हुन्छ। त्यसैले पनि हामीले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेका हौं।’

त्यसो त बाँकेकै नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि पनि कर्णाली प्रदेशमा गाभिने भन्दै आएको छ। मेयर डा. धवल शमशेर राणले बाँके र बर्दियालाई कर्णाली प्रदेशमै गाभ्न उचित हुने बताउँदै आएका छन्। नेपालगञ्जका व्यवसायीहरुले पनि बाँकेलाई कर्णाली प्रदेशमा गाभिने भन्दै आन्दोलन गर्दै आएका छन्। तर, मधेसी समूदायका जनताहरुले भने बाँकेलाई प्रदेश नम्बर पाँच नै ठिक भएको भनिरहेका छन्।

source :www.dcnepal.com/2020/07/171721/

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित