FLASH NEWS
  • Loading...

थकालीजातीको प्रमुख पर्व तोरल्ह अर्थात फागुपूर्णिमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०८ पटक पढिएको
थकालीजातीको प्रमुख पर्व तोरल्ह अर्थात फागुपूर्णिमा

थकाली समुदायमा सबभन्दा ठूलो चाडको रुपमा फागुपूर्णिमा (तोरल्नह)लाई लिईन्छ ।
तीन देखि सात दिनसम्म मनाईने यो पर्व मुख्य पितृ देवको पूजाआजा र आर्शिवादले लिादा परिवारलाई रोग ब्याधी नहुने, घरमा धनधान्यले भरिपुण हुन्छ भन्ने थकाली जातिले गहिरो विश्वास लिएर गरिन्छ ।
यस पर्वमा मिठा मिठा परिकारहरु खाने गर्दछन । पुरुषहरुले धनुवाण लिएर तारो खेल बाट मनोरंजन लिने गर्छन ।
हिमालपारीको मुस्ताङ आदी थलो भै देशविदेशमा छरिएर रहेका थकाली समुदायलाई ब्यवसायीक कौसल भएका चतुर जनजातिको रुपमा लिने गरिन्छ । आईतवार बेनीमा पनि थकाली सेवा समितिले थकाली भवनमा सदावर्ष झै परम्परागत ताराखेल प्रतियोगितासहित तोरल्ह पर्व मनाईरहेको छ ।