FLASH NEWS
  • Loading...

नेपाल आज एकै दिन पाँच हजार जनामा कोरोनाभाइरस पुष्टि, १४ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११७ पटक पढिएको
नेपाल आज एकै दिन पाँच हजार जनामा कोरोनाभाइरस पुष्टि, १४ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा ५,००८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। अहिले फेला परेका सङ्क्रमितमध्ये २,६७२ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख पाँच हजार नाघेको छ। चौबीस घण्टामा अवधिमा शनिवार अपराह्णसम्म थप १४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ६१४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,२२९ जना रोगमुक्त भएका छन्।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।

कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित