- Loading...
यो वर्ष अधिक वर्षाको संभावना, तापक्रम पनी उस्तै बढ्ने
- पुनहिल डट कम
- १८ घण्टा अघि
- १३३ पटक पढिएको

आगामी मनसुन (जुन–सेप्टेम्बर)मा औषतभन्दा बढी बर्षा हुने प्रक्षेपण गरिएको छ ।
नेपाल समेत सदस्य रहेको भारतको पुनेमा मुख्यालय रहेको ंदक्षिण शशियाली जलवायु दृष्टिकोण मञ्च (सासकोफ) र स्वीजर ल्याण्डमा मुख्यालय रहेको विश्व मौषम विज्ञान संगठनले नेपाल समेत दक्षिण एशियाका अधिकांश भागमा औषतबढी वर्षा हुने प्रक्षेपण गरेको हो ।
दक्षिण शशियाली जलवायु दृष्टिकोण मञ्च (सासकोफ)ले अप्रिल २९ तारेखमा जारी गरेको ‘दक्षिण एशियामा दक्षिणपश्चिम मनसुन बर्षा संभावना २०२५’ रिपोर्ट अनुसार आगामी मनसुन सिजनमा वर्षा सामान्य भन्दा बढी वर्षा हुने संभावना ३५–५५ प्रतिशत छ । तथापी नेपालको जल तथा मौषम विज्ञान विभागले आगामी मनुसुनको पूर्वानुमान आधिकारिक रुपमा सार्वजनिक गरीसकेको छैन ।
त्यसैगरी यो मनसुन सिजनमा अनपेक्षितबढी बृद्धी हुने अनुमान छ । प्रतिवेदनमा उल्लेख भएअनुसार यो मनुसनमा न्यूनतम तापक्रम औषतभन्दा बढी हुने संभावना ६५ प्रतिशत छ । कोशी, मधेश, बाग्मती, सुदुर पश्चिम क्षेत्रमा औषत बढी वर्षा हुने संभावना ३५ देखी ६५ प्रतिशतसम्म, कर्णाली, गण्डकी र कोशीको पूर्वी भागमा ३५–४५ प्रतिशतसम्म अनुमान छ । तापक्रमबृद्धी पनि उस्तै अनुपातमा बढ्ने अनुमान छ । अर्थात पश्चिम भेगमा बढी बर्षा, मध्य क्षेत्रमा सामान्य वर्षा र पूर्वी भेगमा कम वर्षा हुने आंकलन छ ।
अघिल्ला वर्ष झै अत्यधिक वर्षाले बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्ने भएकोले सर्तकता अपनाउन र पूर्व तयारी गर्न सुझाएको छ । नेपालमा सामन्यतया जुन १३ बाट मनुसन सुरु भै अक्टोवर २ समाप्पत हुन्छ । तर गतवर्ष मनसुन बाहिरिने समय सेप्टेम्बर २६–२८ सम्म भारी वर्षा भै बाढीपहिरोले क्षति पुर्याएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
