- Loading...
अरुणा शाही र विश्वास अधिकारी बने वर्ष खेलाडी
- पुनहिल डट कम
- २० घण्टा अघि
- ५५ पटक पढिएको

भलिबलका अरुणा शाही र विश्वास अधिकारीले नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष खेलाडी भएका छन् । मनोनयनमा परेका तीनमध्ये महिलामा अरुणा र पुरुषमा विश्वासले वर्ष खेलाडी जितेका हुन् । महिलातर्फ अरुणाको प्रतिस्पर्धीमा आईटीएफ तेक्वान्दो/मुवाँथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ थिए । विश्वासले टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ पछि पारेका थिए ।
वर्ष खेलाडी अरुणा राष्ट्रिय महिला भलिबल टोली कप्तान हुन् । म्याग्दीकाे रघुगंगा गाउँपालिका, ३ पिप्लेमा जन्मिएकी शाहीले सन् २०१४ मा नेपालमा आयोजित माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा रहेको नेपाली महिला टोलीले भारतमाथि जित निकालेको थियो । फाइनलमा भारतसँगै पराजित भएर नेपाल उपविजेता बन्यो । टाइगर कप भलिबलमा आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी उनी नेतृत्वको टिमले उपाधि जित्यो । आठौं एनभीए कपमा एभरेस्ट भलिबल क्लबबाट खेलेकी उनले उपविजेता बनाइन् । उनी गत वर्ष नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज महिला भलिबल लिगमा चितवन शक्तिकी मार्की खेलाडी थिइन् ।
विश्वास नवलरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३ बाँझोबारीका हुन् । उनले दुई वर्षअघि गण्डकी प्रदेशको टिमबाट डेब्यु गरेका थिए । उनले गत वर्ष श्रीलंकामा काभा यू–२० भलिबलमार्फत राष्ट्रिय भलिबलमा डेब्यु गरे । उनी मिडल ब्लकर हुन् । उनी प्रथम सहाना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो हुँदा उनी टोलीका सदस्य थिए । उनी संलग्न टोली आठौं पीएम कप भलिबल र चौथो टाइगर कप भलिबलमा उपविजेता बनेको थियो ।
पुरुष र महिला वर्ष खेलाडीले टेलजीको इलेक्ट्रिक स्कुटर पुरस्कार पाए ।
ओलम्पियन बागलुङकी भगवती खत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । सुटिङकी उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो । उनले सन् २००० मा अस्ट्रेलियाको सिड्नी ओलम्पिक खेलेकी थिइन् । ०५१ सालदेखि उनले खेलाडीलाई निःशुल्क सुटिङ प्रशिक्षण दिँदै आएकी छन् ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट भइन् । यस विधामा भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की मनोनयनमा थिए । फुटबल प्रशिक्षक राजेन्द्र तामाङ उत्कृष्ट चुनिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसी मनोनयनमा थिए । म्याग्दी जिल्ला भलिबल संघले वर्ष उत्कृष्ट खेल संस्थाको अवार्ड पायो । पत्रकार विजय नेपाल वर्ष उत्कृष्ट खेल पत्रकार चुनिए । उत्कृष्टलाई जनही ३५ हजारसहित अवार्ड प्रदान गरियो । अवार्ड नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
