FLASH NEWS
  • Loading...

छाउन थाले तीजका भाका, म्याग्देली कलाकारको ‘तीजको लखेटो, दाहिने पखेटो’

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८८ पटक पढिएको
छाउन थाले तीजका भाका, म्याग्देली कलाकारको ‘तीजको लखेटो, दाहिने पखेटो’

क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ–नयाँ परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ ।

युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । सर्जक/कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ । कमाइ गर्ने बाटो नै त्यही भएको छ ।

तीज पर्व आउन अझै डेढ महिना बाँकी छ । युट्युबमा तीजका भाका छाउन थालेको पनि डेढ महिनै भइसक्यो । असार लाग्दा नलाग्दै तीज गीतले युट्युबमा प्रवेश पाए । अहिले युट्युब हेर्दा लाग्छ, तीज त दैलोमा आइसक्यो ।

तीज पर्व आएसँगै म्याग्दीका कलाकारहरुको पनि तीजि गीत बजारमा आएको छ ।

म्याग्दीका लोक कलाकार धुर्ब जिसीले ‘तीजको लखेटो, दाहिने पखेटो’ बोलको तीजगीत ल्याएका छन ।  मौलिक लोकदोहोरी तीजगीतको छायाङ्कन म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीमा गरिएको छ । उक्त गीतमा म्याग्दी जिल्ला भित्रकै सुनिल बाँनिया, शंकर पौडेल लगायत ३० जना भन्दा धेरै कलाकारले अभिनय गरेका छन् । ज्ञानु राना फगामी लगायत १४ जना महिला कलाकार ३ जना कमेडीयन पुरुष कलाकारसहित ३० जना भन्दा बढीले अभिनय गरेका छन् ।

गीतमा गायक जिसीसहित पुरुष कलाकारतर्फ रामु रिजाल र शक्ति छिनाल तथा महिला कलाकारमा मिलन विश्वकर्मा र शान्ती परियारले स्वर दिएका छन् । गायक धुर्ब जिसी आफैले शब्द/सङ्गीत भरेको तीज गीतको छायाङ्कन क्रियटिभ मिडिया प्रोडक्शनले गरेको थियो भने निर्देशन तथा मिक्सीङ लगाएतका प्राविधिक कार्य सञ्चारकर्मी समेत रहेका भूपेन बानियाँले गरेका छन् ।

त्यसैविच, तीज आउन डेढ महिना बाँकी छँदै तीजको मौसमी सङ्गीत बजार अहिले गर्माएको छ । युट्युबमा भ्यूज बढाउने प्रतिस्पर्धा छ । पर्व गीतको उपमा पाएको तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख भएको भन्दै कतिपयले भने चिन्ता व्यक्त गर्न थालेका छन् । केही वर्षअघि आएका ‘डाढे बिरालो’, ‘छोटो मिनिस्कट’ जस्ता गीतले तीज गीतको सौन्दर्य मासेको आरोप लागेको थियो ।

कलाहीन र उट्पट्याङ गीतले तीजको मौलिकता र मर्मलाई आत्मसाथ नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको विधान खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे ।

अहिलेका तीज गीत रोधीघरको दोहोरी जस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाईसमेत तीज गीतमा उठान गरिएको पाइन्छ । त्यस्ता गीतले युट्युबमा छिटो भ्यूज पाएपनि संस्कृतिको उत्थान र जगेर्नामा कम स्थान पाउने पक्का छ ।

धेरै भ्यूज बुटेलर छिटो पैसा आर्जन गर्ने नाउँमा पनि कलाकार त्यसपट्टि प्रेरित भएका हुन सक्छन् । भ्यूज, लाइक र कमेन्टका आधारमा सर्जक/कलाकारलाई युट्युबबाट पैसा आउँछ । पछिल्लो समय मेला/महोत्सवसमेत कोरोना महामारीका कारण प्रभावित बनेपछि कलाकार युट्युबकै भरमा छन् ।

राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकारहरु बताउँछन् । गीतको बलमा जतिधेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रेकर्ड रहने गर्छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा युट्युबले अन्तराष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्यूज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।