FLASH NEWS
  • Loading...

प्यारीभारानी ताल सफाईमा जुटे स्थानीय

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • २४६ पटक पढिएको
प्यारीभारानी ताल सफाईमा जुटे स्थानीय

पर्यटकीय तथा धार्मिक महत्वकाे अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको सिरानमा पनेर् प्यारीभारानी (वराही) ताल अज्ञात झारले ढाकेपछि घराम्दीवासी सरसपफईमा जुटेका छन ।
झण्डै दुई सय मिटर लामो र ७० मिटर चौडाई भएको प्यारीभारानी तालमा अज्ञात झारले डाकेपछि अन्नपूर्ण गपा, ७ वडा कार्यालयको २ लाख ५० हजार बजेटबाट स्थानीय ताल संरक्षण समितिले तालमा भरिएको झार हटाउन थालेको हो । तालमा हिँउदमा भने पानीको सतह केही घट्छ । तालको वरपर लालीगुराँस फुलेपछि तालमो छायाँ हेर्दा अलौकिक सौन्दर्य खुल्छ ।


‘प्यारीभारानी तालको मनमोहक सौन्दर्य नष्ट गर्नेगरी पुरै ताल नाम थाहा नभएको झारले ढाकियो र बर्षेनी झार झन झन बाक्लो बन्दै गएकोले ताल सरसफाई तथा ताल वरपर ढुङ्गा विच्छ्याएर पदमार्ग निर्माण थालिएको हो’ अन्नपूर्ण गाउँपालिका, ७ का वडाध्यक्ष मईलन पुर्जाले भने, ‘स्थानीयले श्रमदानसमेत थपेर दैनिक ८ जना युवाहरुले ५ दिनदेखी ताल सरसफाई गरिरहेका छन । तालको झारलाई किनारामा ल्याउन र किनाराबाट पनि उठाएर बाहिर फाल्न अझै ५–७ दिन लाग्ने अनुमान गरेका छौं ।’
तालको झार हटाउन स्थानीय प्रविधीको डुङ्गा बनाईएको छ । काठका पातलो प्लेकहरु जोडेर बनाएको प्लेटमाथी तेलका ब्यारेल (ड्रम)हरु बाँधेर बनाईएको स्थानीय डुङ्गामा बसेर स्थानीयले तालको झार झिक्दै बाहिर निकाल्ने गरेका छन ।
घना गुराँशे जंगलको विचमा अवस्थित रमणीय प्यारीभारानी ताल भौगोलिक रुपमा घराम्दीमा पर्ने भएपनि प्रशिद्ध पर्यटकीय गन्तब्य घोडेपानी/पुनहिलबाट एक घन्टा उत्तरपश्चिम पैदलयात्रा पछि पुग्न सकिन्छ ।
घोरेपानीदेखी प्यारीभरानी मोटर बाटोले जोडिएको छ । घोरेपानी–भारानी तालसम्म छुट्टै साईकल लेन पनि बनाईएको छ । अन्नपूर्ण गापा, ६ खिवाङ र चित्र वस्तीबाट पनि मोटर बाटो जोडिएको छ । महरे–खोप्रा पदमार्ग पनि सोही तालको किनारैबाट छिचोल्नु पर्छ ।
यस तालमा ऋषि तर्पणी (जनैपूर्णिमा)का दिन ठूलो धार्मिक मेला लाग्छ । प्यारीभारानी ताल र छेउको मन्दीरमा पुजागरी मनले इच्छाएको ‘वर’ माग्दा पुग्छ भन्ने गहिरो जनविश्वास छ । तस्वीर साैजन्य ः सुरेश पुर्जा