FLASH NEWS
  • Loading...

गण्डकीमा मुख्यमन्त्रीमा खगराजलाइ विश्वासकाे मत प्राप्त, विपक्षी नाराजुलुसमा

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ९९ पटक पढिएको
गण्डकीमा मुख्यमन्त्रीमा खगराजलाइ विश्वासकाे मत प्राप्त, विपक्षी नाराजुलुसमा

मुख्यमन्त्री खगराजकाे पक्षमा ३० मत मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत प्राप्त गरेका छन् । सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरिएको छ ।

आज लिईएकाे विश्वासकाे मतमा उनकाे पक्षमा ३० मत प्राप्त भएकाे थियाे भने विपक्षमा २७ मत रहयाे । यस्तै दुई मत तटस्थमा रहेकाे थियाे । अधिकारीलाई एमालेकाे २२, माओवादीकाे ७ र स्वतन्त्र सांसदकाे एक मत रहेकाे छ । यस्तै, विपक्षमा काँग्रेसकाे २७ मत रहे ।

राप्रपा तटस्थ बसेकाे थियाे ।  मतदानमा ५९ सांसद सहभागी थिए । सभामुख कृष्ण धितालले प्रस्तावको पक्ष (मुख्यमन्त्रीलाइ) ३० मत घाेषणा गर्नासाथ विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।